+
+
WC Series
सुदूरपश्चिम रोएल्स
184/9 (20)
VS
जनकपुर ५ विकेटले विजयी ।
Won जनकपुर बोल्ट्स
185/5 (19.2)

‘भ्वाइस अफ नेपाल’ छैटौं सिजनको प्रसारण पुस तेस्रो सातादेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १७:४५

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को औपचारिक घोषणा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रायोजक सार्वजनिक गर्दै प्रसारण मितिबारे जानकारी दिइयो ।

नयाँ सिजनको शीर्ष प्रायोजकको रुपमा दन्त मन्जन ‘क्लोज अप’ छ । पत्रकार सम्मेलनमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसालले युनिलिभरका बजार प्रमुख सौरभ राजकर्णिकारलाई टोकन अफ लभ प्रदान गरे । को-स्पोन्सरमा सनफिस्ट फ्यान्टासी र रोहोतो सनप्ले छन् ।

शोको प्रसारण पुस तेस्रो साताको शुक्रबार र शनिबारदेखि हिमालय टिभी र हिमालय टिभी प्रिमियममा बेलुका ८ बजे प्रसारण हुने जनाइयो । भ्वाइस अफ नेपालको युट्युब च्यानललमा बेलुका साढे ८ बजेदेखि स्ट्रिमिङ हुनेछ ।

हिमालय टिभीका अध्यक्ष भुसालले यो कार्यक्रम लामो समयदेखि प्रसारण हुने मुलुकको रियालिटी शो रहेको बताउँदै यसका लागि टिमलाई धन्यवाद दिए । कार्यकारी निर्देशक श्याम कँडेलले छैटौं सिजनबाट बृहत दर्शकमाझ पुग्ने आफूहरुको लक्ष्य रहेको बताए ।

‘कोचको भेरियन्स हेर्दा हाम्रो लक्ष्य बृहत दर्शकमाझ जाने लक्ष्य छ’ उनले भने, ‘हामी संसारका चर्चित कार्यक्रमलाई दर्शकमाझ ल्याउँदै जानेछौं । नेपाल्स नेक्स्ट टप मोडल र शार्क ट्यांक हाम्रा नयाँ कार्यक्रम हुनेछन् ।’

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले शोको संरचना उस्तै भएपनि विषयवस्तु नयाँ हुने बताए । ‘दर्शकले नयाँ अनुभव पाउनुहुनेछ यसपटक’ पौडेलले भने । छैटौं सिजनको कोचमा उदय सोताङ, राजु लामा, मेलिना राई र खेम सेन्चुरी छन् ।

नयाँ सिजनमार्फत मंगोलियन हार्टका पपस्टार राजु लामा कोचको रुपमा फर्किएका छन् । दुई वर्षपछि शोमा फर्किने अवसर पाएको भन्दै उनले मिडियासँग संक्षिप्त कुराकानी गरे । कोचको रुपमा पहिलोपटक प्रवेश गरेका चर्चित लोकगायक सेन्चुरीले उक्त अवसरमा पछिल्लो हिट गीत ‘म त ढलें ढलें’ गाए ।

गायिका मेलिना राईले किड्सको तेस्रो सिजनपछि आफू पहिलोपटक भ्वाइस अफ नेपालमा जोडिएको बताइन् । किड्सको कोचिङको फाइदा आफूलाई यसपटक मिल्ने विश्वास उनले लिइन् ।

उक्त अवसरमा छैटौं सिजनको टिजर सार्वजनिक गरियो । यतिबेला नयाँ सिजनको ब्लाइन्ड अडिसनको छायांकन सकिएको छ । यो राउण्डबाट छनोट ६४ जना ट्यालेन्टले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?