+
+
WC Series
सुदूरपश्चिम रोएल्स
184/9 (20)
VS
जनकपुर ५ विकेटले विजयी ।
Won जनकपुर बोल्ट्स
185/5 (19.2)

विजय सेतुपतिको ‘महाराजा’ बन्यो चीनमा धेरै कमाउने साउथ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १८:१६

काठमाडौं । विजय सेतुपति स्टारर तमिल फिल्म ‘महाराजा’ले भारतीय बक्स अफिसमा आक्रामक कमाइ गर्‍यो । गत १४ जुनमा रिलिज भएको विश्वव्यापी रुपमै राम्रो कमाइ गर्न सफल भएको थियो ।

अनुराग कश्यप निर्देशित यो फिल्म हालै चीनमा रिलिज भयो । त्यहाँ फिल्मले रेकर्ड नै राख्यो । ‘महाराजा’ चीनमा सबैभन्दा बढी कमाइ गर्ने दक्षिण भारतीय फिल्म बनेको छ । यसअघि यस्तो रेकर्ड एसएस राजमौली निर्देशित ‘बाहुबली’को नाममा थियो । यस्तै चिनियाँ बक्स अफिसमा धेरै कमाइ गर्ने १० औं ठूलो फिल्म समेत बनेको छ ।

प्रदर्शनको २१ दिनसम्म फिल्मले चीनमा ७६.५० करोड भारु कमाइ गरेको छ । सन् २०१८ मा रिलिज भएको ब्लकबस्टर फिल्म ‘बाहुबली २’ को चीनमा लाइफटाइम कलेक्सन ६४ करोड थियो ।

फिल्मको सफलताले चीनमा ‘महाराजाले’ १०० करोडको आँकडा पार गर्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चीनको व्यापारले अर्को ठूलो अन्तर्राष्ट्रिय बजार जापानमा यसलाई फाइदा पुग्ने प्रक्षेपण गरिएको छ ।

‘महाराजा’मा विजय सेतुपतिका साथै अनुराग कश्यप, ममता मोहनदास र नटराजन सुब्रमनियमको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?