+
+

महुली लघुवित्तको एफपीओमा आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १४:५०

५ पुस, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारदेखि एफपीओ निष्कासन गरेको छ ।

कम्पनीले ४ लाख ७५ हजार ४ सय ४९ कित्ता एफपीओ निष्कासन गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत हुनुपर्नेमा हाल १९.६८ प्रतिशत मात्रै रहेकाले एफपीओ जारी गरिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणले ९ पुससम्म आवेदन दिन सक्नेछन् । अंकित मूल्य १ सय रुपैयाँकै दरमा कम्पनीले एफपीओ जारी गर्न लागेको हो । एफपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीले इक्रा नेपालबाट बीबी माइनस प्राप्त गरेको छ ।

अनलाइन प्रणाली मेरोसेयर मार्फत आवेदन दिन सकिने छ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २ सय २१ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?