+
+

कालिमाटीका १६२ तरकारी र फलफूलको विषादी परीक्षण, अधिकांश खानयोग्य

थप २० परीक्षण गर्न ल्याबमा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १८:५७
फाइल फोटो ।

५ पुस,काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत् कालिमाटी तरकारी बजारमा विषादी परीक्षण गरेको छ ।  विषादी परीक्षणका क्रममा अधिकांश खानयोग्य भेटिएका छन् ।

विभागका विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार २१ प्रकारका तरकारी फलफूलहरुका १६२ वटा नमुनाहरुको परीक्षण गरेको थियो  । उक्त परीक्षणको नतिजा आजै आएको छ ।

परीक्षण गरिएको सबै तरकारी फलफुल खान मिल्ने  रहेको  उनले बताए  ।  खानयोग्य भएपनि स्थलगत रुपमा परीक्षण गरिएको नमुनाहरु मध्ये २० वटा नमुनाहरुको थप जटिल विधिबाट समेत परीक्षण गर्न विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा पठाइएको छ ।

नतिजा अनुसार न्यूनतम २ प्रतिशत देखि अधिकत्तम २७ प्रतिशतसम्म ‘इन्जाईम इन्हिभिशन’ पाइएको छ । इन्जाईम इन्हिभिशन ३५ प्रतिशत भन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिशन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आएमा अस्विकृत गरी नष्ट गरिने प्रावधान छ ।

अनुगमनका क्रममा दौरान ४७ वटा गाडीका तरकारी तथा फलफुल परीक्षण भएको हो ।  परीक्षण गरेका  तरकारीहरु नेपालका विभिन्न १४ जिल्लाहरु तथा ४ वटा गाडी भारतबाट समेत आएको थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वेल इक्युप्ड मोवाइल फुड ल्याब भ्यान २०८१ भदौ १७ गतेदेखि पुनः संचालनमा ल्याएको थियो ।

विभागले मोबाइल भ्यानको परिचान गरी पहिलो पटक कालीमाटीस्थित बजारमा भित्रिने ताजा तरकारी तथा फलफुलमा विषादी अवशेषको परीक्षण गरेको हो । विभागको र्‍यापिड रेस्पोन्स टिमले पुस ४ गते राति १० बजेदेखि ५ गते बिहान ३ बजेसम्म कालीमाटी तरकारी फलफुल बजारमा भित्रिने तरकारी तथा फलफूलको स्थलगत परीक्षण गरेको हो ।

मोबाइल फुड ल्याब भ्यानबाट जीवनाशक विषादीको परीक्षण गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिएका हुन् । कालीमाटी बजारमा भित्रिने मिनी ट्रक, ट्रकहरुबाट नै तरकारी तथा फलफुलको नमुना संकलन गरी ‘आरबीपीआर’ विधिवाट विषादी अवशेषको परीक्षण गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?