६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा प्लेयर अफ दि टुर्नामेण्ट भएका सुदूरपश्चिमका सेफ अली जैबले आजको खेल एकदमै प्रतिस्पर्धात्मक भएको बताएका छन् । उनले आफूहरुले राम्रो खेलेको भए पनि जनकपुर बोल्टस्का लाहिरु मिलान्थाले उत्कृष्ट पारी खेलेको भन्दै प्रसंशा गरे ।
‘हामीले पनि राम्रो नै खेलेका थियौं । तर, जनकपुर बोल्टस्का लाहिरु मिलान्थाले उत्कृष्ट पारी खेल्यो,’ उनले भने ।
सेफले प्लेयर अफ दि टुर्नामेण्टसँगै ५ लाख रूपैयाँ प्राप्त गरे । उनले फाइनलमा अर्धशतक प्रहार गरेका थिए । उनले नेपालमा खेल्न पाउँदा एकदमै उत्कृष्ट अनुभव लिन पाएको पनि बताए । नेपालको वातावरण, क्राउडले आफूलाई मोहित तुल्याएको शैबको भनाइ थियो ।
प्रतिक्रिया 4