+

नर्भिकलाई इन्टर हस्पिटल फुटसलको उपाधि

२०८१ पुष  ६ गते २३:२१ २०८१ पुष ६ गते २३:२१
नर्भिकलाई इन्टर हस्पिटल फुटसलको उपाधि

६ पुस, काठमाडौं । नर्भिक इन्टरनेश्नल अस्पतालले महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२४’ को उपाधि जितेको छ । शनिबार काठमाडौंमा भएको फाइनलमा ओम समाज डेन्टल हस्पिटललाई हराउँदै नर्भिक च्याम्पियन बनेको हो ।

नर्भिकले एभरेष्ट अस्पताल र ओमले ओभरसीज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई हराएर उपाधि भिडन्त पक्का गरेका थिए । उपाधि सहित नर्भिकले ३० हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता ओमले २० हजार रुपैयाँमा चित्त बुझायो ।

विजेता टिमलाई महिला स्वास्थ्य तथा राइट पाथ बिजेनेशका प्रमुख कार्यकारी निर्देशक बसन्त शर्माले ट्रफी, मेडल सहित पुरस्कृत गरेका थिए ।

‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा हस्पिटल सहभागी थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।

प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा यतिकेम ग्रुप तथा सहयोगी संस्थाको रुपमा नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगमले सघाएका थिए ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थालाई जोड्ने उद्धेश्यले महिला स्वास्थ्यले हरेक वर्ष फुटसल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

इन्टर हस्पिटल फुटसल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय