+
+

महोत्तरीमा हृदयाघातबाट थुनुवाको मृत्यु

लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १५:२३

७ पुस, महोत्तरी। महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ।

लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।

जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उहाँलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्‍याइएको थियो।

हृदयाघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?