+

शिरोधारा मस्तिष्कको ओखती

५ हजार पूरानो यो थेरापी लोकप्रिय र प्रभावकारी थेरापी हो । जसको कुनै साइड इफेक्ट छैन ।

शिरोधारा कुनै पनि मनोसमस्यामाबाट छुट्कारा पाउन मद्दत गर्छ ।

Advertisement

यस थेरापीले शारीरिक र मानसिक तनाव कम गर्छ । थकान पनि हराउँछ ।

शिरोधारा थेरापीका लागि औषधीय तेल वा घ्यु जस्ता अन्य तरल पदार्थ प्रयोग गरिन्छ। सो तरल पदार्थ एउटा भाडामा भरेर सानो प्वाल पारी धारा बगाइन्छ। यसले रक्त संचार तीव्र बढाइ दिमागलाई शान्त र सक्रिय पार्छ ।

शिरोधाराले दीर्घ टाउको दुखाई र माइग्रेन जस्तो रोग निको पार्छ । अस्थिर मनलाई स्थिर पारी आराम दिन्छ ।

अनिन्द्राको समस्यालाई पनि थेरापीले निको पार्छ । उदासी, आवेग र डाह भैरहन्छ भने पनि थेरापीले आराम दिन्छ ।