+

चिसोले छाला सुख्खा भयो, के गर्ने ?

छाला सुख्खा हुने कारण

चिसो मौसममा कोठा न्यानो राख्न हिटर र एसीको प्रयोग बढी भई कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ । आर्द्रता कम भै छाला सुख्खा हुन्छ।

Advertisement

जाडोमा प्राय मानिस तातो पानीले नुहाउने गर्छन्, यसो गर्दा छालाको प्राकृतिक तेल प्रभावित हुने छालाको नरमपन कम भै सुख्खा र फुस्रो हुन्छ ।

जाडोमा तिर्खा कम लाग्ने भएकोले धेरै कम पानी पिउने गरिन्छ । जसकारण शरीर हाइड्रेटेड रहँदैन र छाला सुख्खा हुन्छ ।

कसरी जोगिने ?

पर्याप्त मात्रामा पानी वा झोलयुक्त पदार्थ सेवन गर्ने, नुहाउँदा अत्यधिक तातो पानीको प्रयोग नगर्ने र छालामा मोइस्चराइजिङ क्रिम प्रयोग गर्नुपर्छ ।

अनुहारमा तातो पानीको बाफ लिँदा बन्द भएको रोम छिद्र खुल्छ । हातले हलका छालाको मसाज गर्न सकिन्छ । यसले अनुहारमा रक्तसञ्चार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ ।

सुख्खापनबाट बच्न प्रशस्त मात्रामा भिटामिन ई युक्त खानेकुरा जस्तै किबी, अण्डा, ड्राइ फ्रुट्स, हरियो पत्तेदार तरकारी, एभोकाडो र ब्रोकाउली खानुपर्छ ।

लामो समय आगो ताप्ने र हिटरमा पनि धेरै बस्नु हुँदैन ।