
आक्रामक हुनु
डोपामाइनले शान्त रहन मद्दत गर्छ र दबाबमा पनि रिसलाई नियन्त्रण गर्न सहयोग गर्छ । तर कम डोपामाइन भएका व्यक्ति सजिलै रिसाउने, उत्तेजित हुने वा आक्रामक हुन्छन्

प्रेरणाको कमी
कुनै पनि काम राम्रो र खुसीसाथ गर्न प्रेरणा चाहिन्छ । हरेक काममा निरासा छ, कुनै काम गर्न वा हिंड्डुल गर्न मन लाग्दैन भने यो डोपामाइनको कमीको कारण हुनसक्छ ।
Advertisement

शान्त भएर बस्न नसक्ने
कसैलाई हरेक काम बोरिङ लाग्छ । काम गर्नै मन लाग्दैन, दिमाग काम भन्दा पनि अन्य कुरामा रमाउन चाहन्छ भने यो डोपामाइनको कमीले हुनसक्छ ।

ध्यान केन्द्रित गर्न समस्या
यदि कुनै पनि काममा ध्यान केन्द्रित भइरहेको छैन भने डोपामिनको कमीका कारण हुनसक्छ ।