
भ्रम : सुत्नुअघि दूध पिउनु हुँदैन ।
सुत्नुअघि तातो दूध पिउनाले राम्रो निद्रा लाग्छ । दूधमा ट्रिप्टोफान नामक तत्व हुन्छ। ट्रिप्टोफानले मेलाटोनिन बढाउँछ । जसले शरीरमा मुटुको चाललाई नियमन गरी निद्रा पार्न मद्दत गर्छ ।

भ्रम : निद्रा नआउँदा पनि ओछयानमा जबर्जस्ती आँखा चिम्लिएर बस्दा निद्रा लाग्छ ।
आँखा जबर्जस्ती बन्द गरेर मात्र निद्रा आउँदैन। २० देखि ३० मिनेटभन्दा बढी कोसिस गर्दा पनि निदाउन नसकेमा ओछ्यानबाट उठेर संगीत सुन्ने, कम प्रकाशमा पढ्ने वा एकछिन कोठामै भए पनि हिडडुल गर्दा निद्रा पर्न सक्छ ।

भ्रम : आधा रातमा खानेकुरा खाँदा कुनै समस्या हुँदैन ।
सामान्यतया राति १० बजेसम्म खाएको खानेकुरामा सन्तुष्ट हुनुपर्छ र मध्यरातमा उठेर फेरि खानु हुँदैन । यसले निद्राको ढाँचामा बाधा गर्ने मात्रा होइन मोटोपनको समस्या पनि निम्त्याउँछ ।

भ्रम : बत्ती बालेर सुत्नु हुँदैन ।
चर्को बत्ती बालेर सुत्दा पक्कै असर गर्छ । तर बल्न्नै नहुने होइन । सुत्ने बेलामा मधुर बत्ती बाल्नुपर्ने चिकित्सकको सुझाव छ । मन्द बत्तीले निद्रा लगाउन मद्दत गर्छ ।

भ्रम : सुत्नुअघि पेट चर्किने गरी खानुपर्छ ।
सुत्नुअघि टन्न खानु हुँदैन। कुनै पनि तेलयुक्त, वनस्पतियुक्त खानेकुरा स्वास्थ्यका लागि राम्रो भएपनि सुत्नुअघि खाइयो भने यसले ग्यास्ट्रिक र पेट फुल्ने समस्या गराई निद्रामा बाधा पुर्याउँछ ।