
आमाबुबाको झगडा
आमाबुबाको दिनानुदिन झगडाले बच्चामा तनाव हुने मात्र नभई एक किसिमको डर पैदा भई असुरक्षित महसुस गर्छन् । जसकारण उनीहरुले आत्मविश्वासका साथ मनको कुरा राख्न सक्दैनन् । यसले उनीहरुको आत्मविश्वास कमजोर बनाइरहेको हुन्छ ।

अरुसँग तुलना गर्नु
अभिभावकले छरछिमेक वा आफ्नै अर्को सन्तानसँग तुलना गर्ने बानीले बच्चामा हीनतावोध, लाज र कमजोर महसुस हुनसक्छ। अभिभावकले बुझ्न जरुरी छ कि हरेक बच्चाको आ-आफ्नै स्वभाव र बुझ्ने क्षमता हुन्छ ।
Advertisement

अरुको रिस पनि बालबालिकालाई पोख्नु
आफ्नो रिस बालबालिकामाथि पोख्ने कतिपय अभिभावकको स्वभाव हुन्छ । यो स्वभावले पनि उनीहरुको आत्मविश्वास कमजोर हुन पुग्छ ।

अरुको अगाडि बालबालिकाको कुरा काट्नु
अभिभावकले छरछिमेकी, नातागोता, इष्टमित्रको अगाडि आफ्नो छोराछोरीको कुरा काट्ने गर्छन् । अरुसँग कुरा गरिदिंदा बच्चाले आफ्नो बेइज्जत भएको महसुस गरी आत्मविश्वास कमजोर भएको अनुभव भैरहन्छ ।