
स्नेक प्लान्ट
इन्डोरको लागि यो एकदमै उपयोगी सदाबहार बुट्यान हो । घरको वायु शुद्धीकरणमा यसले सहयोग गर्छ । यो सातथरीका हुन्छन् । स्नेक प्लान्टलाई बेलाबखत लिक्विड फर्टिलाइजर र कम्पोस्ट मल लगाउनुपर्छ ।

स्ट्रिङ अफ टियर्स
झट्ट हेर्दा आँशुको थोपाजस्तै टिलपिल देखिने यो लहरे प्लान्ट निकै आकर्षक हुन्छ । खासगरी यो ह्यांगिङ प्लान्टको रुपमा सजाउन सकिन्छ ।

मोन्स्टेरा
मोन्स्टेरा सदाबहार इन्डोर प्लान्ट हो । यो विभिन्न थरीको हुन्छ । मोन्स्टेरा ४ देखि ९ फिटसम्म अग्लो हुन्छ ।

मुन क्याकटस
सिउँडी एवं क्याकटस प्रजातिको यो प्लान्टले झट्ट आगन्तुकको ध्यान तान्छ । यसको टुप्पोमा बोटभन्दा ठूलो गोलाकार फूल फूल्छ भने यो रातो, पहेंलो, गुलाबी रंगको हुन्छ । स-साना पटमा यसलाई सजाउन सकिन्छ ।

बोन्साई फाइकस
बोन्साई गरिएको प्लान्ट कोठाको स-साना ठाउँमा सजाउन सकिन्छ । फैलिएको हाँगा र जराले यो सानो स्वरुपको रुख आकर्षक देखिन्छ ।

लक्की बेम्बो
स-साना टेबलमा सजाउनका लागि उचित हुन्छ, लक्की बेम्बो । यो प्लान्टलाई पानीमा राख्नुपर्छ । यसको पानी हप्ता दिनमा परिवर्तन गर्नुपर्छ ।