
भ्रम : दमका बिरामीले सामान्य जीवन बिताउन सक्दैनन् ।
बाल्यकालदेखि दमको समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार औषधि र उपचार गरिरहने हो भने समस्या कम भै नियन्त्रण गर्न सकिन्छ ।

भ्रम : दमका बिरामीले व्यायाम गर्न सक्दैनन् ।
दमका बिरामीले आफ्नो अवस्था र रोगको जटिलता अनुसार सामान्य व्यायाम गर्न सक्छन् । यद्यपि, धेरै गाह्रो खालको कसरत भने गर्नु हुँदैन। व्यायाम गर्दा खोकी लाग्ने, सास फेर्न कठिनाइ हुने वा छाती कसिलो महसुस हुन्छ भने विश्राम गर्नुपर्छ ।

भ्रम : दमका बिरामीका लागि इन्हेलरभन्दा अन्य औषधि राम्रो हुन्छ ।
श्वासप्रश्वास उपचारका लागि इनहेलर सबैभन्दा राम्रो उपचार हो । ट्याब्लेट वा सिरप औषधिको प्रयोग गर्दा यसको प्रभाव २५ देखि ३० मिनेट लाग्छ । जबकि इनहेलरमा रहेको औषधि तुरुन्तै फोक्सोमा पुग्छ र श्वासप्रश्वासमा तत्काल प्रभाव देखाउँछ ।

भ्रम : दमको औषधि जीवनभर प्रयोग गर्नुपर्छ ।
दमको पहिचान भएका व्यक्तिलाई लक्षणको आधारमा औषधि दिइन्छ । तर, सबै दमका बिरामीलाई जीवनभर औषधिको आवश्यकता पर्दैन ।

भ्रम : अस्थामा भएपछि बच्चा कमजोर हुन्छन्, एन्टिबायोटिक नखाई ठीक हुँदैन।
अस्थामाको राम्रो उपचारले पूर्णरूपमा निको पार्न सकिन्छ । यो एलर्जीका कारण हुने हुँदा एन्टिबायोटिकको जरुरी पर्दैन ।