+

एचपीभी खोप किन लगाउने ?

एचपीभी खोप के हो ?

पाठेघरको मुखको क्यान्सरविरुद्घ लगाइने खोपलाई हृयुमन प्यापुलोना भाइरस अर्थात् (एचपीभी) खोप भनिन्छ ।

किन लगाउने ?

  •  पाठेघरको मुख क्यान्सर लगायत एचपीभी भाइरसका कारण लाग्ने अन्य रोगबाट बच्न
  • महिलामा सबैभन्दा बढी सताउने पाठेघरको मुखको क्यान्सर लाग्न नदिन

Advertisement

कसले लगाउने ?

  •  जति कम उमेरमा लगायो, त्यति राम्रो
  • ९ देखि १४ वर्ष उमेर समूहमा सबैभन्दा प्रभावकारी
  • महिलाले पनि चिकित्सकको सल्लाहअनुसार लगाउन सक्ने

कहाँ पाइन्छ ?

यो खोप निजी अस्पतालमा लगाउन सकिन्छ । हाल सरकारले सो खोप कार्यक्रम अभियानमार्फत निःशुल्क उपलब्ध गराउँदैछ ।

निःशुल्क खोप कसका लागि ?

कक्षा ६ देखि १० सम्मका छात्रा, विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरी

खोप अभियान कहिलेबाट ? कति मात्रा लगाउनुपर्छ ?

  •  माघ २३ गतेदेखि फागुन ६ गतेसम्म गरी १५ दिन चल्ने ।
  • यो खोप एकपटक लगाए पुग्छ ।

कुन कम्पनीको खोप दिइँदैछ ?

नेपालमा हाल चीनमा बनेको सिकोलिन ब्राण्डको खोप उपलब्ध दिइने तयारी गरिएको छ ।

यो खोप कति प्रभावकारी ?

यो खोप ९१ प्रतिशत प्रभावकारी हुने दाबी गरिएको छ । यौन जीवनमा सक्रिय हुनुपूर्व लगाउन सके शतप्रतिशत सुरक्षित राख्छ ।

खोप कहाँ लगाउन पाइन्छ ?

सातवटै प्रदेशमा रहेका सरकारी तथा निजी विद्यालय र नजिकैको स्वास्थ्य संस्थामा लगाउन पाइन्छ ।

व्यक्तिगत रुपमा लगाउन पाइन्छ ?

यो खोप अभियानको दायरामा नपर्ने महिलाले निजी अस्पतालमा गएर लगाउन पाउँछन् ।

कति खर्च लाग्छ ?

नेपालमा एचपीभी खोपको मूल्य निजी क्षेत्रमा तीन हजारदेखि १० हजार रुपैयाँसम्म पर्न सक्छ ।

यो खोप नलगाउँदा के हुन्छ ?

यदि खोप लगाइएन भने एचपीभी भाइरसको संक्रमण भई पाठेघरको मुखको क्यान्सरको जोखिम हुनसक्छ । हरेक वर्ष नेपालमा पाठेघर मुखको क्यान्सरबाट वार्षिक दुई हजारको मृत्यु हुने गरेको छ ।

यो खोप मेडिकल ट्रायलका लागि त हैन ?

नेपालमा एचपीभी खोप स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहकार्यमा पाठेघरको क्यान्सरबाट बचाउन कार्यक्रम अन्तर्गत प्रदान हुन लागेको भरपर्दो खोप हो ।