+

छालासम्बन्धी व्यापक फैलिएका यी भ्रम

भ्रम : डण्डीफोर चिल्लो खाना वा जंकफुडको कारणले आउँछ ।

डण्डीफोरले चिल्लो खाना वा जंकफुडसँग कुनै प्रत्यक्ष सम्बन्ध छैन । डण्डीफोर आउने मुख्य कारण वंशाणुगत र हर्मोनको असन्तुलन हो । कुनै कारणवश एन्ड्रोजेन हर्मोनले चिल्लो उत्पादन गर्ने ग्रन्थीलाई उत्तेजित गरेर डण्डीफोर आउँछ ।

भ्रम : डण्डीफोर रगत अशुद्ध भएर आउँछ ।

रगत अशुद्ध भएर डण्डीफोर कदापि आउँदैन । किनकि रगतको शुद्धता र डण्डीफोरसँग कुनै सम्बन्ध नहुने हुँदा रगत परीक्षण र शुद्ध गर्ने कुनै पनि विधि आवश्यक हुँदैन ।

Advertisement

भ्रम : सनस्क्रिन घरभित्र, पानी पर्दा र बादल लाग्दा लगाउनु पर्दैन ।

घरभित्र, पानी पर्दा र बादल लाग्दा पनि सूर्यको हानिकारक विकिरण यूभीए र यूभीबीको मात्रा उत्तिकै रहने हुँदा छालालाई सुरक्षा दिन सनस्क्रिन लगाउनैपर्छ ।

भ्रम : छालासम्बन्धी गरिने सौन्दर्य उपचार प्रक्रियाले कालान्तरमा अनुहार बिगार्छ ।

कस्मेटिक क्रिम र सौन्दर्यका लागि गरिने पिलिङ चिकित्सकको परामर्श लिएर अनुहारअनुसारको उत्पादन लगाइरहनुभएको छ, समस्या भए उपचार पनि निगरानीमा भएको छ भने छाला बिग्रिने सम्भावना न्यून हुन्छ ।

भ्रम : सनस्क्रिन लगाउनेहरुमा भिटामिन डीको कमी हुन्छ ।

सनस्क्रिनले सूर्यको प्रकाशबाट प्राप्त हुने भिटामिन डीलाई छेक्दैन । अनुहारदेखि खुट्टासम्म क्रिम लगाएको वा नलगाएको जुनसुकै १५ देखि २० प्रतिशत भाग बिहान र बेलुकीको २० मिनेटसम्म घाममा पर्‍यो भने पर्याप्त भिटामिन डी ग्रहण हुन्छ ।