
लामो समयसम्म पानीमा काम नगरेको अथवा ज्वरो आएको पनि छैन । स्वास्थ्य समस्या खासै छैन । तर, पनि अरुको भन्दा बढी जाडो हुन्छ भने केही कुरामा ध्यान दिन आवश्यक छ ।

निन्द्रा पूरा नहुनु
कुनै पनि कारणले यदि ७ देखि ८ घण्टासम्म निद्रा पुगेन भने धेरै जाडो लागेको अनुभव हुन्छ । यदि शरीरले पर्याप्त आराम गर्न पाएन भने त्यसले आफ्नो तापक्रमलाई सन्तुलित राख्न सक्दैन ।

रक्त सञ्चालन कम हुनु
शरीरमा राम्रोसँग रक्त सञ्चालन भएन भने पनि हरेक समय जाडो भएको महसुस हुन्छ । त्यस्तो स्थिति विशेष गरेर मधुमेह र मुटुको समस्या देखिन्छ ।

शरीरमा रगतको कमी हुनु
धेरै डाइटिङ गर्नु अथवा फास्ट फूडमा निर्भर हुनाले शरीरलाई पूरा पोषण प्राप्त हुँदैन । त्यसैले बालबालिका र बयस्कमा राम्रो रुपमा पोषणको कमीका कारण एनिमियाको शिकार हुन्छन् ।

कम वजन हुनु
अति धेरै दुब्लो मानिस अथवा त्यस्ता व्यक्ति जसले आफ्नो वजन कम गर्ने योजनामा सक्रिय हुन्छन् । उनीहरुको शरीरमा स्टोर्ड फ्याटको मात्रा कम हुन्छ । फ्याटको कमी भयो भने अशरीरले आफ्नो आवश्यकतको हिसाबबाट तापक्रम उत्पादन गर्न सक्दैन र धेरै जाडो भएको महसुस गर्नुहुन्छ ।