
हरेक वर्ष फेब्रुअरी ११ मा प्रतिज्ञा दिवस (प्रोमिस डे) मनाइन्छ। यस दिन आफ्नो पार्टनरलाई केही विशेष वाचा दिई सम्बन्धलाई अझ गहिरो र सुन्दर बनाउने चलन बढ्दैछ ।

प्रेम र सम्बन्धमा वाचाहरूको विशेष महत्त्व हुन्छ। यी वाचाहरूले सम्बन्धलाई बलियो बनाउने मात्र होइन, एकअर्काप्रति विश्वास र समर्पण पनि बढाउँछन्।

सधैं साथ दिने
खुशीको क्षण होस् वा जीवनको कठिन समय, आफ्नो पार्टनरलाई सधैं साथ दिने वाचा गर्नुहोस्।वाचाले सुरक्षाको अनुभूति मात्र दिने छैन, तर यसले उनीहरूप्रति कति सहयोगी र भरपर्दो हुनुहुन्छ भनेर पनि देखाउनेछ।

सम्मान र समझदारीको प्रतिज्ञा
आफ्नो पार्टनरलाई सधैं उनीहरूको भावनाको सम्मान गर्ने र उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुछु भनेर प्रतिज्ञा गर्न सकिन्छ। यो वाचाले सम्बन्धमा प्रेम र विश्वास बढाउनेछ र कुनै पनि शंका पनि हटाउन मद्दत गर्नेछ।

केहि समय मायाको लागि निकाल्ने प्रतिज्ञा
हरेक दिन केही समय माया गर्ने व्यक्तिको लागि निकाल्ने प्रतिज्ञा गर्न सकिन्छ । सानो कुराकानी होस्, सँगै खाना खाने होस् वा बाहिर घुम्न जाँदा होस्, यो वाचाले सम्बन्धलाई सुमधुर गर्नेछ ।

सपना पूरा गर्ने प्रतिज्ञा
आफ्नो पार्टनरलाई सपना पूरा गर्न सहयोग गर्ने वाचा गर्नुहोस्। चाहे त्यो करियरसँग सम्बन्धित होस्, व्यक्तिगत लक्ष्यसँग होस् वा अन्य कुनै सपनासँग, तपाईंको यो वाचाले उनीहरूलाई हरेक पाइलामा उनीहरूको साथमा हुनुहुन्छ भन्ने महसुस गराउनेछ।