
थोरै स्याहारले पनि सहजै हुर्किने र सदाबाहार भैरहेने बिरुवा हो, क्याकटस । मरुभूमीमा पाइने घ्युकुमारीको प्रजातिमा पर्ने सो वनस्पती अहिले प्रायको घर-बगैंचाको सजावटका लागि प्रयोग गरिन्छ ।
Advertisement

सुन्दर देखाउने मात्र होइन, यसले कार्वनडाईअक्साइडलाई अक्सिजनमा परिणत गर्न सक्छ । जसले बालकोनी मा हावा पनि तीव्र चल्छ ।

सौन्दर्यका लागि
क्याक्टसको जेलमा भिटामिन र मिनरल्स पाइन्छ । यसलाई पिसेर छालामा लगाउने गरेमा छाला सम्बन्धी कतिपय समस्या पनि हटाउन सकिन्छ ।

क्याकटसमा हुने फाइबर, एन्टि अक्सिडेन्टले खाना पचाउनेदेखि मधुमेह नियन्त्रण गर्नेसम्ममको काम गर्छ । हृदय रोग, एनीमिया, मधुमेह जस्ता रोगमा समेत यो उपयोगी हुने बताइन्छ । तौल नियन्त्रणदेखि अनिद्राको समस्याबाट छुटकारा पाउनसमेत क्याकटसको प्रयोग गरिन्छ ।