
जंक फुड खाने बानीले पेट टन्न हुँदा पनि केही न कही खाई हालौं लाग्न सक्छ । बाहिरी खानेकुराको फोटो मात्र देख्दा पनि कतिखेर खाउ जस्तो हुनसक्छ । कहिलेकाहीं तलतल यति बढ्छ कि छट्पट नै हुन्छ ।

तलतल लाग्नुको कारण
तलतलका कारण शरीरमा पानीको कमी, थकान, शरीरमा पोषकतत्वको कमी वा जंक फुड खाइरहने बानीको कारण हुनसक्छ ।

के गर्ने त ?
पानी पिएर शरीरलाई हाइड्रेट राख्नुपर्छ । यसले भोक पनि शान्त पार्छ । केहि खानेकुरा खान मन लागेमा एक गिलास पानी पिउनु उचित हुन्छ ।

प्रोटिनको सेवन बढाउने
प्रोटिनयुक्त खानेकुरा जस्तै पनिर, अण्डा, दाल वा मासुको एक दुई टुक्रा दैनिकजसो खानुपर्छ । यस्ता खानेकुराले पेट टन्न हुन्छ । जसले पटक पटक खाइरहन मन लाग्दैन ।

'माइन्डफुल इटिंग'
भोक लाग्ने बित्तिकै स्वस्थ खानेकुरा के विकल्प हुनसक्छ त्यो खान सकिन्छ । यसले जंक फुडको तलतल कम आउँछ । उदाहरणका लागि, चक्लेटको तलतल लागेमा फलफुल खान सकिन्छ ।

पर्याप्त सुत्ने
निद्राको कमीले पनि खानेकुराको तल तल लागिरहन्छ । सही समयमा सुत्ने बानी बसाल्ने हो भने यो तल तल कम हुन्छ ।