
पनिर, तोफु
मासु नखाने तर त्यसमा पाइने जस्तो पोषण दुग्धजन्य उत्पादन पनीर र तोफुमा पनि पाइन्छ । यी परिकारमा प्रोटिन, भिटामिन बी १२, आइरन, मिनरल्स भरपुर मात्रामा हुन्छ । यी परिकार खानमा निकै स्वादिष्ट पनि हुन्छ ।

गेडागुडी
टुसाएको गहुँ, चना, मुँग, दाल जस्ता उमारिएको गेडागुडीमा प्रोटिन भरपुर मात्रामा पाइन्छ । गेडागुडीलाई उमालेर वा पकाएर (फ्राइ, झोल बनाएर) दैनिक खानासँग खान सकिन्छ ।

हरियो मटर
हरियो मटरमा अत्यधिक प्रोटिन पाइने हुँदा मासु नखाने लागि राम्रो विकल्प हुनसक्छ । यसमा प्रोटिनबाहेक, एमिनो एसिड, कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्याल्सियम र फस्फोरस पनि पाइन्छ ।

च्याउ
मासु जत्तिकै स्वादिष्ट तरकारी च्याउमा प्रोटिन, फाइबर, प्रोटिन, भिटामिन सी, फोलेट, आइरन र जिंक पाइन्छ । त्यस्तै, भिटामिन डी, थियामिन, रिबोफ्लेभिन, नियासिन, भिटामिन बी, प्यान्टोथेनिक एसिड, फस्फोरस, पोटासियम, कपर र सेलेनियम च्याउमा पाइन्छ ।

अण्डा
यदि मासु नखाने तर अण्डा खाने व्यक्तिलाई यो फाइदाजनक हुन्छ । यसमा पनि मासुमा जतिकै प्रोटिन हुन्छ । यसमा भिटामिन बी १२ आइरन र प्रोटिन पाइन्छ । यसलाई तेलमा पकाएर भन्दा पनि उसिनेर खाँदा अझ लाभदायक हुन्छ ।

बदाम
बदाममा प्रोटिन उच्च मात्रामा पाइन्छ । यो सफा पानीमा एकरात भिजाएर खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ ।