+

३० मिनेट हिँड्दा गजब १० फाइदा

इन्ड्रोफिन हर्मोन बढ्छ

दैनिक ३० मिनेट सही तरिकाले हिँड्दा मस्तिष्कले इन्ड्रोफिन, हर्मोनको उत्पादन गर्छ । जसले मानिसलाई पोजिटिभ र रिल्याक्स रहन सहयोग पुर्‍याउने गर्छ ।

रक्तचाप नियन्त्रण

बिहान आधा घण्टा हिँड्दा रक्तचाप नियन्त्रणमा राख्न मद्दत मिल्छ । यसले शरीरको रक्तसञ्चारमा पनि सुधार गर्छ ।

Advertisement

मुटु रोगको जोखिम कम

अमेरिकन हार्ट एसोसिएसनका अनुसार दौडिनु जस्तै हिँड्नु पनि मुटुका लागि राम्रो हुन्छ । यसले मुटुमा रक्तसञ्चार बढाउँछ, कोलेस्टेरोल घटाउँछ र रक्तचापलाई स्थिर राखेर मुटु रोगको जोखिम कम हुन्छ ।

हड्डी बलियो हुन्छ

३० मिनेटको पैदल यात्राले हड्डी र जोर्नीलाई पनि बलियो बनाउँछ । जोर्नी बलियो हुँदा चोटपटकको जोखिम कम हुन्छ । आर्थराइटिस फाउन्डेसनका अनुसार हिँड्नु हड्डीका लागि निकै फाइदाजनक हुन्छ ।

ठूलो आन्द्राको क्यान्सरको जोखिम कम

लगभग १५ प्रतिशत ठूलो आन्द्राको क्यान्सरको जोखिम शारीरिक गतिविधिबाटै रोक्न सकिन्छ। जसमा दैनिक ३० मिनेट हिड्नु पनि एक हो ।

मानसिक स्वास्थ्य राम्रो हुन्छ

दैनिक हिँड्नु मानसिक स्वतथ्यका लागि पनि फाइदाजनक हुन्छ । यसले दिमाग शान्त राख्छ । जसले गर्दा तनाव र चिन्ता जस्ता समस्याहरू निम्तिन पाउँदैन ।

मस्तिष्कको कार्यक्षमता बढ्छ

दैनिक आधा घण्टा पैदल हिँड्दा मस्तिष्कलाई पनि फाइदा हुन्छ । यसले दिमागको क्षमता बढाउँछ, जसले सोच्ने क्षमतामा पनि सुधार गर्छ ।

मांसपेशी बलियो हुन्छ

दैनिक ३० मिनेट हिँड्दा मांसपेशी पनि बलियो हुन्छ। हिँडाइले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई मजबुत बनाउँछ र आर्थराइटिस दुखाइ कम गर्न मद्दत गर्छ ।

शरीरको बोसो घट्छ

३० मिनेटको हिँडाइले लगभग २ सय क्यालोरी बर्न गर्न सहयोग गर्छ । दैनिक हिँड्दा क्यालोरी बर्न हुन्छ, जसले शरीरमा जम्मा भएको बोसो घटाउँछ र तौल घटाउन मद्दत गर्छ ।

श्वासप्रश्वास राम्रो हुन्छ

हिँड्दा श्वासप्रश्वासको गति बढ्छ, जसबाट नसामा अक्सिजन राम्रोसँग पुग्न पाउँछ यसो हुँदा विकारहरूलाई हटाउन मद्दत गर्छ र शक्तिमा वृद्धि गर्छ ।