+
+

‘वौद्धिक सम्पत्ति चोर्ने’ प्रा.डा.लाई त्रिविको तालाचाबी !

१२ असार, काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशील कोइरालाले अमेरिका उड्नुअघि त्रिवि सेवा आयोगको सदस्यमा वौद्धिक सम्पत्ति चोरी गरेको अभियोग लागि कारवाहीमा परेका प्राध्यापकलाई नियुक्त गरेको रहस्य खुलेको छ ।

विश्वविद्यालय अनुदान आयोगले ०७० मंसिर ६ गते प्राडा.केदारनाथ घिमिरेसहित ६ जना प्राध्यापकलाई वौद्धिक सम्पत्ति अनधिकृत प्रयोग गरेको तथा शैक्षिक मर्यादा उल्लंघन गरी पेशागत मर्यादा पालना नगरेको ठहर गरी कालोसूचीमा सूचीकृत गरेको थियो । प्रधानमन्त्री कोइरालाले तिनै कालोसूचीमा सूचीकृतमध्येका केदारनाथ घिमिरेलाई त्रिवि सेवा आयोगको सदस्य नियुक्त गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १२ गते १६:४४

योगेश ढकाल

१२ असार, काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशील कोइरालाले अमेरिका उड्नुअघि त्रिवि सेवा आयोगको सदस्यमा वौद्धिक सम्पत्ति चोरी गरेको अभियोग लागि कारवाहीमा परेका प्राध्यापकलाई नियुक्त गरेको रहस्य खुलेको छ ।

विश्वविद्यालय अनुदान आयोगले ०७० मंसिर ६ गते प्राडा.केदारनाथ घिमिरेसहित ६ जना प्राध्यापकलाई वौद्धिक सम्पत्ति अनधिकृत प्रयोग गरेको तथा शैक्षिक मर्यादा उल्लंघन गरी पेशागत मर्यादा पालना नगरेको ठहर गरी कालोसूचीमा सूचीकृत गरेको थियो । प्रधानमन्त्री कोइरालाले तिनै कालोसूचीमा सूचीकृतमध्येका केदारनाथ घिमिरेलाई त्रिवि सेवा आयोगको सदस्य नियुक्त गरेका हुन् ।

अमेरिका उड्नुअघि असार २ गते प्रधानमन्त्री कोइरालाले घिमिरेलाई आयोगमा नियुक्त गरेका हुन् । शिक्षामन्त्री तथा त्रिविका सह-कुलपतिको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिश कमिटीको सिफारिश अनुसार सेवाका सदस्य नियुक्त हुने व्यवस्था छ । घिमिरे राजनीतिक पक्षधरताका आधारमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्षधर हुन् ।

प्रधानमन्त्री कोइरालाले आफु पक्षका परासर कोइरालालाई विश्वविद्यालयको अनुदान आयोगको अध्यक्ष र देउवा पक्षका घिमिरेलाई त्रिवि सेवा आयोगका सदस्य बनाएका हुन् । शिक्षा मन्त्री चित्रालेखा यादव र त्रिवि रेक्टर गुणनीधि न्यौपानेसमेत देउवा पक्षधर भएकै कारण कालो सूचीमा हुदाँहुँदै घिमिरेले नियुक्ति पाएको त्रिविका अधिकारीहरुको गुनासो छ ।

kedar-nath-ghimire

कांग्रेस नेताहरुको दबाबमा आयोगका कारबाहीपछि घिमिरेलाई रसायनशास्त्र केन्द्रीय विभागको प्रमुख पनि जर्बजस्ती बनाइएको त्रिवि प्राध्यापकहरुले बताएका छन् । घिमिरेलाई कालोसूचीमा राख्ने आयोगको पत्रमा त्रिवि, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, रसायनशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरबाट टोली प्रमुख प्रा.डा. मेघराज पोखरेलसहित टोली सदस्यहरु डा. जगदीश भट्टराई, डा. सुसन जोशी र प्रा.डा. देवबहादुर खड्कासमेत परेका छन् । उनीहरुले अध्ययन गरेको रिसर्च प्रतिवेदनको मूल्याकंनमा यसअघि सञ्चालित त्यस्तै प्रकृतिको अर्को अनुसन्धान प्रतिवेदन तथा पूर्वप्रकाशित लेख रचनाबाट तिनीहरुको सन्दर्भसमेत उल्लेख नगरी अनधिकृत रुपमा प्रयोग गरेको पाइएको उल्लेख भन्दै उनीहरुलाई कालो सूचीमा राखिएको जनाइएको छ ।

सोही साल असोज ३ गते आयोगको रिसर्च क्लस्टर कमिटीसमक्ष प्रस्तुतीकरणमा अध्ययन टोलीले सो सम्बन्धमा उपयुक्त जवाफ पेश गर्न नसकेको’ भन्दै भविष्यमा आयोगबाट अनुदान लिन अयोग्य सावित गर्दै कालोसूचीमा सूचीकृत गरेको उल्लेख छ ।

वौद्धिक चोरीको बिगबिगी

त्रिवि सेवा आयोगले केही महिना पहिले प्राध्यापकमा बढुवाका लागि विज्ञापन प्रकाशन गरेको थियो । त्यतिबेला पनि अनधिकृत र अनैतिक रुपमा लेखहरु च्ाोरी र छपाइ भएको त्रिविका प्राध्यापकहरुले बताएका छन् ।

बढुवाका लागि त्रिविका प्राध्याकहरुले गर्नै नहुने कार्य गरेर प्राज्ञिक भ्रष्टीकरणको नमूना खडा गर्न थालेका बेला सेवा आयोगको सदस्यमा समेत वौद्धिक सम्पत्ति चोरीको अभियोगमा कालोसूचीमा सूचीकृत व्यक्तिलाई नियुक्त गरेको भन्दै चर्को विरोध भइरहेको छ ।

सीमित व्यक्तिको बढुवाका लागि फाइदा हुने गरी त्रिवि अनुसन्धान महाशाखाले सन् २०१३ डिसेम्बरको मिति राखेर ‘त्रिवि जर्नल’को संयुक्तांक १ र २ गत जेठको पहिला हप्ता प्रकाशित गरेको छ । यसको कार्यकारी सम्पादक प्राडा तारादत्त भट्ट र सम्पादक मण्डलमा प्रा. गुणनीधि न्यौपाने, प्रा.डा. अम्मराज जोशी र प्रा.डा. विजयकुमार मानन्धर छन् । सो महाशाखाबाट पनि प्राध्यापकका लागि प्रतिस्पर्धामा छन् । प्रा.डा. डिल्लीराज शर्मा ‘त्रिवि जर्नल’को सल्लाहकार हुन् ।

त्रिवि र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे छानविन गर्नुपर्ने माग पनि कीर्तिपुरमा भइरहेको छ । जर्नल छाप्न दिएको भुक्तानीको मिति र प्रकाशित मिति हेर्दा अनियमितता पुष्टि हुने उनीहरुको तर्क छ । त्यही जर्नलको लेख ‘घरेलु कामदार बालबालिकाहरुको शैक्षिक अवस्था’ शीर्षकको (पृष्ठ ३७५ देखि ३८२) डाक्टर नारायणप्रसाद बेलवासेका नाममा प्रकाशित छ ।

त्यसैगरी जर्नल ‘द एकेडेमी’ को २०१३ को अंकमा अम्बिका वेलबासेद्वारा लेखिएको ‘नेपालको परिवेशमा घरेलु कामदार बालबालिका र शिक्षा’ -पृष्ठ ११७ देखि १२२) पुराका पुरा एउटै शैली र आशयमा लेखिएको छ । ती जर्नलहरुका दुबै लेखक बुटवल बहुमुखी क्याम्पसमा कार्यरत रहेको उल्लेख छ ।

एकपटक प्रकाशित भएको लेखलाई त्रिविले कसरी फेरि आफ्नो प्रकाशनमा ल्यायो ? अहिले प्राध्यापकहरुले प्रश्न उठाएका छन् । डाक्टर बेलवासे हाल त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सहनियन्त्रक छन् ।

त्यसैगरी पद्मकन्या क्यामस बागबजारले प्रकाशित गरेको ‘गुरुवाणी’मा सुरुमा ४१ व्ाटा लेख प्रकाशित थिए । एकजना सहप्राध्यापक माणिकरत्न बज्राचार्यको लेख छुटेको भन्दै पुनः ४२ वटा लेख बनाएर प्रकाशित भयो । यो पनि पुरानो मितिमा प्रकाशित गरिएको हो । तर, ती जर्नल त्रिवि सेवा आयोगमा बुझाउन बाहेक अन्यलाई उपलब्ध गराइएको छैन । जर्नल जेठ ६ गते विमोचन गरिएको थियो ।

प्राध्यापकहरुले उक्त जर्नलमा कुनैमा ४१ वटा लेख र कुनैमा ४२ वटा लेख भेटिन्छन् भन्दै उक्त जर्नलका सम्पादक प्रा.हेमचन्द्र नेपालसँग जानकारी पनि मागिरहेका छन् ।

त्यसो त, मोलुङ फाउन्डेशनका नाममा पनि त्यस्तै भएको छ । अंग्रेजी केन्द्रीय विभागका डाक्टर अम्मराज जोशी, पाटन क्याम्पसका भुप धमलासहितको तीनजनाको टोलीले एउटा रिपोर्टलाई ३ भागमा बाँडी बढुवाका लागि पेश गरेको तथ्य पनि सार्वजनिक भएको छ । केही वर्ष पहिले अंग्रेजी केन्द्रीय विभागले आन्तरिक परीक्षामा सोधिएका प्रश्न त्रिवि परीक्षामा जस्ताको तस्तै सोधेको आरोपमा मुछिएका डाक्टर जोशी नै हुन् भने त्यतिबेला प्रश्न तयार गर्ने शरत ठाकुर केही दिन पहिलामात्रै मानविकी तथा सामाजिक संकायको सहायक डीनमा नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?