+

अनावश्यक रौं हटाउन ‘हट वाक्स’ प्रयोग, कति जोखिमपूर्ण ?

कयौं महिला शरीरको अनावश्यक रौँ हटाउन तातो 'हट वाक्स' प्रयोग गर्छन । यसले हेर्दा छाला आकर्षक देखाए पनि शरीरका लागि भने हानिकारक नै हुनसक्छ ।

हट वाक्सले छाला पोल्न सक्छ । जसले रातोपन गराई दुखाइ समेत ल्याउन सक्छ । छाला पातलो छ भने छिटो चाहुरी पनि पर्न सक्छ ।

Advertisement

वाक्स पछि छालाको सुरक्षा गरिरहेको छिद्र खुल्न सक्छन । जसले गर्दा संक्रमण हुने जोखिम रहन्छ ।

वाक्सले कहिलेकाहीं छालाको बाहिरी भाग निस्किन सक्छ । जसले घाउ मात्र बनाउंदैन, छालालाई संवेदनशील पनि बनाउँछ ।

नसा गुजुल्टो पर्ने भेरीकोज भेन छ भने त यो गराउदा छालामा असर गर्न सक्छ ।

वाक्सले छालामा मसिनो रातो फोका आउन सक्छ । यसले छाला पातलो गराउन सक्छ ।