
श्रीमान श्रीमतीको सम्बन्ध माया, विश्वास र समझदारीमा टिकेको हुन्छ । यही सेरोफेरोमा स-साना गल्ती भएमा सम्बन्धमा दरार आउँन सक्छ ।

भावना नपोख्नु
एकअर्कासँग नबोल्नु, भावना व्यक्त नगर्नु र पार्टनरले कुरा राखेमा पनि नसुन्ने बानीले सम्बन्धमा दरार आउन सक्छ ।

शंका गर्नु
दुईबीच विश्वास भन्दा बढी शंका हुनु, झुठ बोल्नु वा धोका दिइरहने हो भने सम्बन्ध बिग्रिन सक्छ ।

अपमान गर्नु
सम्बन्ध त्यहाँ बिग्रिन्छ जहाँ शव्द पिच्छे अपमान हुन्छ । सधैं पार्टनरलाई तल खसालेर बोल्ने र सार्वजनिक ठाउँमा पनि अपमान गर्न पछि नहट्ने हो भने सम्बन्ध टुट्न सक्छ ।

आफ्नो जरुरतलाई मात्र प्राथमिकता दिने
दम्पतीमा चाहना के हुन्छ भने पार्टनरले आफ्नो जरुरी कुरालाई पनि नभनी बुझिदियोस । तर, यसको विपरित पार्टनरले आफ्नो काम वा आवश्यकतालाई मात्र प्राथमिकतामा राख्छन भने सम्बन्ध खस्किदै जान्छ ।

गल्ती माफ नगर्ने
गल्तीलाई माफी माग्दा पनि नदिने र पूरानो कुरालाई मात्र समातेर बस्ने हो भने सम्बन्ध चिसिन्छ ।

सम्बन्धमा अन्य व्यक्तिको दखल
यदि सम्बन्धमा सधै परिवार वा साथीभाईको दखल भैरहन्छ भने पनि सम्बन्ध बिग्रिन सक्छ ।