
सूर्य नमस्कार १२ योगासन मिलेर एक योगासन बन्छ । यो योगासनले शरीरको सम्पूर्ण अंगलाई चुस्त दुरुस्त राख्छ । यो अभ्यास बिहान सूर्योदय हुनु अघि खालि पेटमा गरिन्छ ।

स्वस्थ पाचनतन्त्र
सूर्य नमस्कारले पाचनतन्त्र दुरुस्त पार्छ । यसले पाचनतन्त्रमा रक्तसंचार बढाउने काम गर्छ । जसले आन्द्राको कार्य क्षमता सुधार गर्न मद्दत गर्छ । यस्तो गर्नाले ग्यास, कब्जियत, अपच र एसिडिटी जस्तो समस्या हुँदैन ।

त्वचामा निखार ल्याउँछ
सूर्य नमस्कार गर्दा शरीरमा रक्तसंचार सही ढंगले हुन थाल्छ । जसले शरीरको सबै अंगको कार्य संचालन राम्रो हुन्छ । यसले अनुहारमा निखार ल्याउँछ । बुढयौलीको लक्षण रोक्न मद्दत गर्छ ।

पेटको बोसो कम गर्छ
सूर्य नमस्कार गर्दा पेटको मांसपेशी लचिलो र बलियो हुन्छ । अनावश्यक बोसो जम्न पाउँदैन ।

महिलाको लागि फाइदाजनक
यो आसन अभ्यास दैनिक गर्दा कयौं फाइदा मिल्छ । यसले हर्मोनलाई सन्तुलित राख्नुको साथै महिनावारी हुँदा हुने समस्या पनि कम हुन्छ । अनियमित महिनावारीमा पनि यो आसन प्रभावकारी हुन्छ ।