+

आमाबुवाको ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

आमाबुवाको झगडा

बालबालिकाले घरमा सबैभन्दा सुरक्षित र स्वतन्त्र महसुस गर्छन्, जहाँ उनीहरु निर्धक्क बोल्न, खेल्न, कराउन, रुन सक्छन् । तर आमाबुवाको दिनदिनैको झगडाले उनीहरुको मनमा डर र असुरक्षित महसुस गर्छन् । जसले घरबाहिर पनि उनीहरुले आत्मविश्वासका साथ आफ्नो मनको कुरा राख्न सक्दैनन् ।

अरुसँग तुलना गर्नु

छरछिमेक वा आफ्नै अर्को सन्तानसँग पनि तुलना गर्ने बानीले बालबालिका हीनतावोध, लाज र कमजोर महसुस गर्छन् । हरेकपटक यसरी अरुसँग तुलना गरेमा बालबालिकाको आत्मबल विस्तारै कमजोर हुँदै जान्छ ।

Advertisement

अरुको रिस पनि बालबालिकालाई पोख्नु

आफूलाई उठिरहेको रिस बालबालिकामाथि पोख्ने कतिपय अभिभावकको स्वभाव हुन्छ । बच्चाहरुले राम्रो कुरा गर्न वा सोधे पनि झर्किएर बोल्ने, कुरै नबुझी बिना गल्ती कुट्ने, स-साना कुरामा झपार्ने गर्दा उनीहरुको आत्मविश्वास कमजोर हुन पुग्छ ।

अरुको अगाडि बालबालिकाको कुरा काट्नु

अभिभावकले अरुको अगाडि आफ्नो छोराछोरीको कुरा काट्ने गर्छन् । जस्तै छोरा वा छोरी जाँचमा फेल हुन्छन, भनेको मान्दैनन् जस्ता कुरा अरुसँग गरिदिंदा बच्चाले आफ्नो बेइज्जत भएको महसुस गर्छ । यसले बालबालिकाको आत्मविश्वास कमजोर पार्छ ।

समय नदिनु

बालबालिकाले स्कुलमा वा बाहिर खेल्ने क्रममा भएका कुराकानी आमाबुबालाई सुनाउन चाहन्छन् । तर आमाबुवाले कुरा नसुन्ने जस्ता व्यवहारले उनीहरुलाई माया गर्ने, मनको कुरा बुझिदिने कोही छैन भन्ने महसुस हुन्छ, जसले उनीहरुको आत्मविश्वास कमजोर बनाउँछ ।