
यौन चाहाना कम हुनु हर्मोनल परिवर्तन, निद्राको कमी, खानपान र केही औषधिको प्रभाव पनि हुन सक्छ । उमेर बढ्दै जाँदा पनि कामेच्छामा कमी हुँदै जान सक्छ । यस्तोमा कामेच्छा बढाउन चाहनेले खानपानमा ध्यान दिए धेरै मद्दत पुुग्न सक्छ ।

डाई फ्रूटस
बदाम, काजू, ओख्खर र पेस्तामा एलआर्जिनिन हुन्छ । यसले शरीरमा हुने नाइट्रिक अक्साइड बढाएर अंगमा रक्तसंचार बढाउने र योन इच्छा पनि सुधार गर्छ ।

एभोकाडो
एभोकाडोमा पाइने भिटामिन बी६ र फोलिक एसिडले हर्मोन सन्तुलन गरी उर्जा बढाउने गर्छ । जसले महिलाको यौन इच्छामा सकारात्मक परिवर्तन ल्याउँछ ।

डार्क चक्लेट
डार्क चक्लेृट सेरोटोनिन र डोपामाइन हर्मोन बढाएर मुड सुधार गर्ने गर्छ । यसले यौन इच्छालाई प्राकृतिक रुपमा बुुस्ट गर्छ ।

अंजीर
अंजीरमा अमिनो एसिड हुन्छ । जसले प्रजनन् क्षमता र फेरोमोनको स्तर बढाउँछ । यौन क्रिया गर्नुपुर्व खाने हो भने यौन क्रिया प्रदर्शनमा सुधार गर्ने र यौन उत्तेजना पनि बढाउँछ ।

ब्रोकाउली
ब्रोकाउलीमा भिटामिन सी हुन्छ । जो यौन अंगमा रक्तसंचार बढाएर महिलाको कामेच्छामा मद्दत गर्छ । यसलाई सलाद वा तरकारीको रुपमा खान सकिन्छ ।

केसर
केसरलाई दूध वा पानीमा उमालेर पिउनाले यौन उर्जा र इच्छा दुवै बढाउँछ । शारीरिक सम्बन्ध बनाउनु भन्दा १५ मिनेट अघि खान सकिन्छ ।