+

किन दुख्छ पटक पटक ढाड ?

काम्मर तथा ढाड दुखाईले हरेक उमेरलाई प्रभावित पार्न सक्छ । गलत पोस्चरमा बस्ने, मांसपेशी तन्किएर, अस्वस्थकर खानपान, हड्डी कमजोर हुनु र शारीरिक निष्क्रियले यो समस्या भोग्नेको संख्या बढ्दै गइरहेको छ ।

विश्वस्तरमै ठुलो समस्या

यो समस्या विश्वमै दोस्रो ठुलो स्वास्थ्य समस्या बन्दै गएको छ । नेपालमा त हरेक तीन जना मध्ये एक जनामा कुनै न कुनै समयमा कम्मर तथा ढाड दुखाईबाट प्रभावित हुन्छन् ।

Advertisement

सहरी क्षेत्रमा समस्या

शारीरिक निष्क्रिय, अनिद्रा, भागदौड र गलत बसाइको कारण यो समस्या बढ्दो छ ।

परीक्षणले कहिलेकहीं स्पष्ट नतिजा नदिन सक्छ

एमआरआई, सिटीस्क्यान र एक्स रेले मात्र सधैं रोग पत्ता लगाउन सक्दैन । यी उकरणबाट पत्ता नलागे डिजिटल स्पाइन एनालाइसिस परीक्षणबाट समस्या पत्ता लाग्छ ।

यो यस्तो परीक्षण विधि हो, जसले विना शल्यक्रिया समस्या पत्ता लगाई मेरुदण्ड र त्यस वरपर भैरहेको समस्याको विश्लेषण गर्न सक्छ । दुखाइको मुख्य कारण पत्ता लगाउँछ ।

ढाड दुखाईको उपचार टार्गेटेड स्पाइन थेरापीबाट गर्न सकिन्छ । यसले दुखाई भैरहेको मांसपेशी प्रत्यक्ष प्रभाव पारेर दुखाइ निको पार्न सक्छ।