+

५ खानेकुरा, जसले पेट सफा र हल्का बनाउँछ

हरियो सागपात

हरियो सागपात जस्तै पालक, मेथी र सलादमा प्रशस्त फाइबर हुन्छ जसले पाचन प्रणालीलाई सक्रिय बनाउँछ । यिनले मललाई नरम बनाई कब्जियत हटाउँछन् र आन्द्रालाई स्वस्थ राख्छन् ।

दही

दहीमा प्रोबायोटिक्स हुन्छन् जसले आन्द्रामा राम्रो ब्याक्टेरियाको सन्तुलन कायम गर्छ । यसले पाचन सुधार्छ र कब्जियत, ग्यास र अपचलाई कम गर्छ ।

Advertisement

स्याउ

स्याउमा पेक्टिन नामक घुलनशील फाइबर हुन्छ जसले पेटको गतिविधिलाई नियन्त्रित गर्छ । यसले कब्जियत र झाडापखालाबाट बचाउँछ र आन्द्रालाई सफा राख्छ ।

ओखर

खरमा फाइबर र स्वस्थ बोसो हुन्छ जसले पाचन प्रणालीलाई सहज बनाउँछ । यसले आन्द्राको गतिशीलता बढाउँछ र विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।

अदुवा

अदुवाले पाचन रसको उत्पादनलाई बढाउँछ र आन्द्राको मांसपेशीलाई सक्रिय बनाउँछ । यसले ग्यास, अपच र कब्जियत कम गर्छ, पेटलाई हल्का राख्छ ।