+

दूध पिउँदा कोलेस्ट्रोल बढ्छ ?

दूधमा कोलेस्ट्रोल हुन्छ । जसकारण उच्च कोलेस्ट्रोल भएका प्रायः दूध पिउन छोड्छन् । तर, चिन्ता मान्नु पर्दैन । किनकी, नियमित दूध सेवनले कोलेस्ट्रोलको स्तर बढ्दैन।

दूधमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ। एक सय मिलिलिटर दूधमा लगभग १०-१५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन दैनिक सिफारिस गरिएको कोलेस्ट्रोलको मात्रा (३ सय मिलिग्राम) को तुलनामा नगण्य हो। त्यसैले, थोरै मात्रामा दूध पिउँदा कोलेस्ट्रोल स्तरमा ठूलो प्रभाव पर्दैन।

Advertisement

दूधमा रहेका केही तत्व, जस्तै संतृप्त फ्याट र प्रोटिनले शरीरमा हुने राम्रो कोलेस्ट्रोलको स्तरलाई बढाउन सक्छ। एचडीएलले रगतबाट खराब कोलेस्ट्रोललाई हटाउन मद्दत गर्छ, जसले समग्र कोलेस्ट्रोल सन्तुलनमा राख्छ।

दूधमा क्याल्सियम, भिटामिन डी, र प्रोटिन जस्ता तत्वहरू हुन्छन्, जसले मुटुको स्वास्थ्यलाई सुधार गर्छ। क्याल्सियमले फ्याटको अवशोषणलाई कम गर्न सक्छ, जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ।

कोलेस्ट्रोलको स्तरमा दूधको प्रभाव व्यक्तिको समग्र खानपान, जीवनशैली, र स्वास्थ्य अवस्थामा निर्भर गर्छ। यदि दूध दैनिक १ देखि दुई गिलास पिउने गरेमा यसले कोलेस्ट्रोलमा नकारात्मक प्रभाव पार्दैन।

उच्च कोलेस्ट्रोल भएका व्यक्तिहरूले कम फ्याट भएको दूध छनोट गर्नुपर्छ, किनकि यसमा संतृप्त फ्याट र कोलेस्ट्रोल कम हुन्छ। डेरीको दूध र बनस्पतिबाट बनेको दूधमा यी तत्व कम हुन्छन् ।