+

दश परिस्थिति, जहाँ चुप बसेकै राम्रो

कहिलेकाहीँ जीवनमा यस्ता केही अवस्था आउँछन् । जसमा मौन रहनु नै उचित हुन्छ । मौनताले तीतो हुन सक्ने घट्नालाई रोक्न सक्छ । यस्तै, दश परिस्थिति दैनिकिमा आइरहेका हुन्छन् जहाँ चुप बस्नु नै उचित हुन्छ ।

रिस उठेको अवस्थामा

रिसमा आवेगमा आएर बोलिएको कतिपय शब्द पछि गएर पश्चाताप पार्ने खालको हुनसक्छ । त्यो अवस्था आउन नदिन रिस उठेमा सकेसम्म मौन रहनु उचित हुन्छ ।

Advertisement

नकारात्मक कुरा नगर्ने

अरुसँग नकारात्मक कुरा गरेर समय खेल फाल्ने कामबाट बच्नुहोस् । यदि राम्रो कुरा गर्न सक्नु हुन्न भने चुप बस्नु नै समझ्दारी हुन्छ ।

गफ लगाउने बानी

जोसँग पनि अत्याधिक गफ गर्ने बानीले आफु हल्का भइन्छ । गफमा समय बिताउँदा नकारात्मकता फैलिने भय पनि हुन्छ । जसले सम्बन्धमा खटपट ल्याउन सक्छ ।

थाहा नभएको कुरामा अड्कल नलगाउने

कुनै कुराको ज्ञान छैन भने अडकल लगाउने वा गलत जानकारी फैलाउनुको साटो चुप बसेकै बेस हुन्छ । चुप बस्दा आफु तल परिर्दैंन । माहौल सकारात्मक नै रहन्छ ।

भावना पोख्ने ठाँउ दिने

जब कोही व्यक्ति दुखी, निराश भएर भेट्न आएको छ भने उसको कुरा सुनिदिनुपर्छ । उल्टो आफै तर्क दिने वा कुनै नसुनि सल्लाह दिने गर्नु हुँदैन । यो बेलामा यी कुरा कम प्रभावी हुनसक्छ ।

ज्ञान नभएको कुरामा विचार नपोख्ने

यस्तो विषयमा अभिव्यक्ति दिनबाट जोगिनुपर्छ । जसको कुनै ज्ञान छैन । यसले अर्को व्यक्तिको अघि तपाईमा ज्ञानको कमी भएको कुरा उजागर हुन्छ ।

काम गर्दा कम बोल्ने

कुनै काम पूरा गर्न एकाग्रता आवश्यक छ भने अनावश्यक कुराकानीमा समय वर्वाद नगर्नु उचित हुन्छ ।

अरुको पनि सुन्ने

कुनै कुरामा तर्क वितर्क गर्नुपरेमा आफ्नो कुरामा सुनाउने होइन । अरुको कुरा पनि सुन्नुपर्छ । र, बीचमा टोकेर आफै बोल्नु हुँदैन ।

अरु बोलिरहेको बेलामा घुस्ने बानी

कसैले बोलिरहँदा आफु बीचमा घुसेर आफ्नो तर्क राख्ने बानी पनि राम्रो होइन । आफ्नो सन्दर्भ छैन भने अरु बोलिरहेको ठाउँमा नबोल्नु मात्र होइन नबस्नु नै जाति हुन्छ ।

गोपनियताको सम्मान गर्ने

अरुको गोपनियताको सम्मान गर्नुपर्छ । कसैले कसैको गोप्य कुरा भन भनेर दबाब दिंदा पनि भन्ने बानी गर्नु हुँदैन ।