+
+

राष्ट्रपतिलाई अनुमोदनको सहमति मलाई थाहा छैन : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३१ गते १७:२१

Ser bdr Dauba

३१ साउन, बिराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमति आफूलाई थाहा नभएको बताएका छन् ।

बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै देउवाले भने-‘कांग्रेस र एमालेबीच सातबुँदे सहमतिमा यस्तो कुनै सहमति भएको छैन । यसलाई अहिले उठाउनुमा कुनै तुक देख्दिन ।’

एमालेसंग राष्ट्रपतिलाई निरन्तरता दिने भन्ने भद्र सहमति मात्र भएको भन्दै उनले भने-‘अन्य विषयको वारेमा मलाई जानकारी छैन ।’

सवै दलको सहमतिका आधारमा संविधान निर्माण हुने भन्दै कांग्रेस वरिष्ठ नेता देउवाले तोकिएकै समयमा संविधान नहुँदैमा कुनै अनिष्ट नहुने बताए ।

तोकिएको समय भन्दा पनि संविधान मुख्य कुरा भएकाले सहमति जुटाउने क्रममा केही ढिला भएमा कुनै असर नपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?