७ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत २०७१ सालमा हुने स्नातक प्रथम वर्षको परीक्षा आगामी कात्तिक २४ गतेदेखि सुरु हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सार्वजनिक सूचना जारी गरी परीक्षा तालिका प्रकाशित गरेको हो ।
त्रिविले स्नातक तह प्रथम वर्ष आंशिक परीक्षा दिने मानविकी, व्यवस्थापन, विज्ञान, कानुन र शिक्षा शास्त्र संकायका परीक्षार्थीहरुका लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।
स्नातक तह प्रथम वर्षको परीक्षा तालिका
प्रविणता प्रमाणपत्र तह प्रथम वर्षको परीक्षा पनि कात्तिकमै
त्यस्तै प्रविणता प्रमाणपत्र तह प्रथम वर्षको परीक्षा पनि आगामी कात्तिक २४ गते बाटै सुरु हुने भएको छ ।
मानविकी, व्यवस्थापन, शिक्षा शास्त्र र विज्ञान संकायको क्याम्पस तथा प्राइभेट कलेजमा अध्ययनरत आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा तालिका सार्वजनिक गरिएको त्रिविले जनाएको छ ।
परीक्षा दिउँसो एक बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ ।
प्रविणता प्रमाणपत्र तह प्रथम वर्षको परीक्षा तालिका
प्रतिक्रिया 4