+
+

नेपालमा सुरु भयो बिरोधको अनौठो शैलीः अब दोब्बर इन्टरनेट र निःशुल्क एन्टीभाइरस

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १५ गते ९:३७

CAN_logo
१५ मंसिर, काठमाण्डौ । नेपालमा बिरोध प्रर्दशन भन्नासाथ बन्द, हडताल, चक्काजाम, तोडफोड भनेर बुझिन्छ । तर, बिकशित मुलुकहरुमा बिरोध प्रर्दशनका रचनात्मक र सांकेतिक तरिकाहरु चर्चामा छन जसले गर्दा बिरोध प्रर्दशन पनि प्रभावकारी हुन्छ ।

नेपालमा पनि यस्तैखाले अनौठो र रचनात्मक बिरोध प्रर्दशन सुरु भएको छ । आफ्नो संस्थालाई महासंघ बनाउन निवेदन दिएको एक बर्ष बित्दासमेत सरकारी पक्षले सुनुवाई नगरेपछि हैरान भएको नेपाल कम्प्युटर एसोसिएसनले अब बिरोधस्वरुप दोब्बर इन्टरनेट र निःशुल्क एन्टीभाइरस दिने भएको छ ।

क्यानले आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै शिक्षण संस्थाहरुलाई दोब्बर इन्टरनेट दिने र सरकारी निकायका कर्मचारीलाई एक बर्षसम्म काम गर्ने एन्टीभाइरस निःशुल्क दिने घोषणा गरेको छ ।

क्यानले नेपाल इन्टरनेट सेवा प्रदायकसँग मिलेर मंसिर १५ गतेदेखि शिक्षण संस्थामा र मंसिर २० गतेदेखि सरकारी कार्यालयमा जडित इन्टरनेटमा दोब्बर ब्याण्डविथ दिने छ ।

क्यानसँग आबद्ध ४९ जिल्ला संघ, ८ वटा अञ्चल संघ, ७ वस्तुगत संघ र २ वटा अन्तराष्ट्रिय संघलाई मिलाएर महासंघ बनाउन क्यानले २०७० कात्तिकमा निवेदन दिएको भए पनि सरकारले स्वीकृति नदिएको भन्दै क्यान बिरोधमा उत्रिएको हो ।

‘ऐनकानुनअनुसार महासंघ दर्ता गरिदिनुपर्‍यो भन्दा पनि पटक्कै गम्भिरता देखिएन, एक बर्षसम्म झुलाउने काम भयो’ संघका अध्यक्ष बिनोद ढकालले भने-‘हामी बाध्य भएर बिरोध प्रर्दशनमा उत्रिन बाध्य भएका हौं ।’

नेपालमा बिरोध प्रर्दशन भन्नासाथ बन्द र हडताल भन्ने बुझिएको अबस्थामा आफ्नो संस्थाको मौलिक बिरोध प्रर्दशनले सरकारको ध्यान आर्कषण हुने बिश्वास रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?