२२ पुस, काठमाडौं । ध्वाँसे चितुवाको छाला र दाह्रासहित एक व्यक्ति पक्राउ परेका छन् । दुर्लभ वन्यजन्तुको सूचीमा सुचीकृत ध्वाँसे चितुवाको छाला र दाह्रा बोकेर हिँडेका जाजरकोटको दशेरा गाविस वडा नम्बर ८ का २७ वर्षका भुपेश शाही पक्राउ परेका हुन् ।
शाहीलाई गोंगबुबाट पक्राउ गरिएको हो । उनलाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसारमा बुझाइएको छ ।
शाहीलाई पाँच हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षको कैद सजाय वा दुवै हुनसक्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4