१९ चैत, काठमाडौं । १२ दिन लामो अनसन तोडेपछि विहीबार अपरान्ह डा. गोविन्द केसीले नेपाली जनता सफल भएको र आफ्ना मागहरु पूरा भएको बताएका छन् । विहीबार सरकारसँग भएको सहमतिलाई डा. केसीले ‘नेपाली जनताको नासो’ को संज्ञा दिएका छन् ।
जनदबावबाट प्राप्त उपलब्धि आफ्नोमात्रै नभई तीन करोड नेपाली जनताको हो भन्दै डा. केसीले यी उपलब्धिहरुलाई जोगाउन सबैमा अपीलसमेत गरेका छन् । ‘ठूलो जनदबाव सिर्जना भयो र माग पूरा गर्न सफल भइयो । यो सफल बनाउनुपर्छ, यो उपलब्धी गुम्न पनि सक्छ,’ डा. केसीले भने, ‘तीन करोड नेपालीले नासोका रुपमा लिनुपर्छ र यसको संरक्षण गर्नुपर्ने हुन्छ ।’
डा. केसीले भने- ‘१२ दिनपछि घाम देखेको छु । यस्तो घाम स्वास्थ्य क्षेत्रमा पनि उदाउँछ कि भन्ने आश गरेको छु ।’
भिडियो हेर्नुस्
आफूसँग सरकारले गरेको सम्झौता तोडेकाले पाँचौपटक अनसन बस्नुपरेको केसीले बताए । ‘यो त पाँचौं अनसन हो, यो पाँचपटक आन्दोलन गर्दा जुन सम्झौता भएको छ, त्यो कार्यान्वयन गर्नुका साटो सरकार, दलदेखि सबैतर्फबाट उल्लंघन भयो,’ उनले भने-‘त्यो उल्लंघन हुनु भनेको तीन करोड नेपालीको स्वास्थ्यमा खेलवाड गर्नु हो । उनीहरुले खेलवाड गरेका थिए । त्यसकै विरोधमा हामीले तीन करोड नेपालीलाई अपील गर्यौं ।’
आफ्नो अनसनलाई साथ दिएकोमा डा. केसीले सबैलाई धन्यवाद दिँदै भने- ‘यसका लागि तीन करोड नेपाली र विदेशमा बस्ने नेपालीलाई आभार गर्छु (हात जोडेर) नमतस्तक छु, यस्तै सञ्चारकर्मीहरुको भूमिकाको प्रशंसा गर्छु ।’
यो पनि पढ्नुस्
डा. केसी र सरकारबीच ११ बुादे सहमति (पूर्णपाठसहित)
डा. केसीले जूस पिएर तोडे अनसन (फोटो फिचरसहित)
प्रतिक्रिया 4