१६ बैशाख, काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्र तथा अत्यावश्यक क्षेत्रमा शव जलाउन चाहिने काठदाउरा निःशुल्क दिने भएको छ ।
भूकम्प प्रभावित तथा अत्यावश्यक क्षेत्रका लागि वन मन्त्रालयले निःशुल्क दाउरा वितरण गर्ने निर्णय गरेको हो ।
पशुपति आर्यघाटमा भने दुई हजार शव जलाउन पुग्ने दाउरा व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ ।
प्रभावित क्षेत्र तथा जिल्ला जिल्लामा कहिँ पनि दाउरा अभाव नभएको मन्त्रालयले जनाएको छ ।
दाउरा अभाव भएमा उजुरी गर्न आग्रह
भूकम्प प्रभावित क्षेत्र तथा अत्यावश्यक क्षेत्रमा दाउराको अभाव भएमा उजुरी गर्न वन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले ०१ ४४८३५९३,९८५१०६३४५६, ९८५११७१७७७ र ९८५११७९११२ नम्बरका फोन गरेर उजुरी गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4