+
+

चिनियाँ अर्बपति ज्याक मा ले नेपालमा एक हजार घर बनाइदिने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २७ गते ९:२६

jack-ma

२७ वैशाख, काठमाण्डौ । बिश्वचर्चित इकमर्स साइट अलिबाबाका संस्थापक एवं चिनियाँ अर्बपति ज्याक मा ले नेपालका भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने भएका छन् ।

ज्याकले नेपालका अर्बपति बिनोद चौधरीको संस्था चौधरी फाउण्डेसनसँग मिलेर एक हजार घर बनाइदिने भएको हो ।
‘ज्याकले १ हजार घरका लागि रकम दिने र आफ्ना १० जना उच्च पदस्थ कार्यकारीहरुलाई नेपाल पठाउने बचन दिएका छन’ चौधरीले अमेरिकी पत्रिका फोर्ब्ससँग भने ।

हालै मात्र चौधरीले आफ्नो संस्थामार्फत् एक हजार र अन्य संस्थासँग मिलेर बाँकी नौ हजार गरी कूल १० हजार घर निर्माण गर्ने घोषणा गरेका थिए ।

सोही बमोजिम उनले आफ्ना विश्वभरका अर्बपति साथीहरुलाई नेपालमा सहयोगका लागि अपिल गरेका थिए । चौधरीको आग्रह स्वीकार्दै ज्याकले एक हजार बनाइदिने प्रतिबद्धता जनाएका छन् भने भारतीय मूलका इण्डोनेसियाली अर्बपति श्रीप्रकाश लोहियाले पनि एक हजार बनाइदिने प्रतिबद्धता जनाएका छन् । यी दुवै अर्बपति चौधरीको संस्थासँग हातेमालो गर्नेछन् ।

चौधरीले २५ करोड रुपैयाँ लगानीमा १० हजार घर निर्माण गरिदिने घोषणा गरेका छन् । यसका लागि युद्धस्तरमा काम भइरहेको चौधरी समूहका निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?