+
+

शीर्ष सात नेताले यसरी बाँडे करोडौं रकम (सूचीसहित)

२२ असार, काठमाडौं । अर्थशास्त्रले भन्छ-‘पुँजीलाई टुक्र्याएर भन्दा एकत्रित गरेर धेरै बढी आर्थिक उन्नति गर्न सकिन्छ ।’ जसले यो नियम अंगाले, उनीहरुले आर्थिक तथा सामाजिक प्रगतिमा ठूलो फड्को मारिसकेका छन् ।

तर, नेपालको शासकीय बागडोर सम्हाल्ने नेताहरुलाई भने अर्थशास्त्रको सामान्य सिद्धान्तले अझैसम्म प्रभाव पार्न सकेको छैन । प्रधानमन्त्री र सभामुख भइसकेका ठूला नेताहरुले सिद्धान्तनै नबुझेका भने पक्कै होइनन् । कार्यकर्तालाई रकम बाँड्न नेताहरुले बुझ पचाएका मात्र हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २२ गते २०:३४

PM

पुष्प दुलाल

२२ असार, काठमाडौं । अर्थशास्त्रले भन्छ-‘पुँजीलाई टुक्र्याएर भन्दा एकत्रित गरेर धेरै बढी आर्थिक उन्नति गर्न सकिन्छ ।’ जसले यो नियम अंगाले, उनीहरुले आर्थिक तथा सामाजिक प्रगतिमा ठूलो फड्को मारिसकेका छन् ।

तर, नेपालको शासकीय बागडोर सम्हाल्ने नेताहरुलाई भने अर्थशास्त्रको सामान्य सिद्धान्तले अझैसम्म प्रभाव पार्न सकेको छैन । प्रधानमन्त्री र सभामुख भइसकेका ठूला नेताहरुले सिद्धान्तनै नबुझेका भने पक्कै होइनन् । कार्यकर्तालाई रकम बाँड्न नेताहरुले बुझ पचाएका मात्र हुन् ।

६ सय १ सभासदलाई बाटो देखाउने र मुलुक हाँक्ने ठूला दलका ठूला नेताहरुले नै राष्ट्रको ढुकुटीलार्इ कनिका छरेझै छरेका छन् । जसको प्रत्यक्ष लाभ नेतानिकटहरूले उठाएका छन् । कनिकासरी बाँडिएको बजेटले  देश र जनताले लाभको महशुस गर्ने कुनै काम गरेको छैन ।

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई, एमाले बरिष्ठ नेता झलनाथ खनाल, सभामुख सुवास नेम्बाङ, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नै निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट कनिका छरे झै बाँडेको कागजात सम्बन्धित जिल्ला विकास समतिले उपलब्ध गराएका छन् ।

प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि निर्वाचित सभासदलार्इ १ करोड  र  सबै सभासदलार्इ निर्वाचन क्षेत्र विकास कार्यक्रमको १५ लाख रुपैयाँ बाँड्न पाउने व्यवस्था छ । १५ लाख रूपैयाँ सभासदले व्यक्तिगतरूपमा र १ करोड रूपैयाँ भने सम्बन्धित निर्वाचन क्षेत्रका समानुपातिकतर्फका सभासदहरू समेत सदस्यरहेको कमिटीमार्फत बाँड्न पाउने व्यवस्था छ ।

कुन सभासदले कति रकम बाँडे भन्ने सूचना सर्वसाधारणलार्इ  न सभासदले दिन्छन् न त जिल्ला विकास समितिले नै । अनलाइनखबरले सूचनाको अधिकार प्रयोग गरी सूचना  प्राप्त गरेको हो ।

कुन नेताले कसरी बाँडे ?

अन्य नेताको तुलनामा बाँके क्षेत्र नं. ३ का सभासद कोइरालाले बजेटलाई कम टुक्र्याएका छन् । सभासदका हैसियतले आफ्नो निर्वाचन क्षेत्रमा वितरण गर्न पाउने १ करोड १५ लाख रुपैयाँ कोइरालाले नौवटा कार्यक्रमलाई छुट्याएको बाँके जिबिसले जनाएको छ ।

सुशील कोइरालाले चालू आवमा बितरण गरेको १ करोड १५ लाख रुपैयाँको विवरण

योजना तथा कार्यक्रम बाँडिएको रकम
नयाँवस्तीमा सडक स्तरोनतिका लागि ८ लाख
जयस्पुरदेखि सधापुरसम्म जाने बाटोमा माटो पटान तथा ग्राभेल १५ लाख
जानकी मावि सञ्चालनका लागि चार कोठे भवन निर्माण १५ लाख
धाम्बोजी-नयाँ बस्ती हुँदै खजुराखुट्टे जोड्ने सडकमा माटो पटान तथा ग्राभेल २० लाख
जोगागाउँ ताल मर्मत र पर्यटकीय स्थाल निर्माण १५ लाख
मनिकापुरको नटनपुर्खादिख नयाँ बस्ती थपुवासम्म माटो पटान तथा ग्राभेल १५ लाख
मनिकापुर अमिलानाला नजिकको गायत्री मन्दिरदेखि बेलरीको बुढिया गाउँसम्म माटो पटान तथा ग्राभेल १० लाख
नेपालगञ्ज उपमहानगरपालिका मनिहारनटोलदेखि बाल्मीकी टोलसम्म सडक पीसीसी ८ लाख
गोसाइ आउँदेखि राजमार्ग जोड्ने बाटो ग्राभेल १० लाख

एमाले अध्यक्षसमेत रहेका झापा क्षेत्र नं. ७ का सभासद केपी ओलीले १ करोड १५ लाख रुपैयाँ बजेटलाई १७ टुक्रा बनाएका छन् । उनले एउटा कार्यक्रमका लागि थोरैमा ६२ हजार देखि धेरैमा साढे २६ लाख रुपैयाँसम्म बाँडेका छन् ।

केपी ओलीः झापा क्षेत्र नं. ७ का सभासद ओलीले चालू आवमा बितरण गरेको १ करोड १५ लाख रुपैयाँको विवरण

योजना तथा कार्यक्रम बाँडिएको रकम
गणतन्त्र चौकमा आकासे पुल निर्माण-दमक न पा को साझेदारीमा) २६ लाख ५० हजार
धरमपुर   पांचगाछी सडडको मंगलवारे दक्षिण डुडामारी खोलामा पुल निर्माण १५ लाख
तोपगाछी ९ बाट तोपगाछी १ हुँदै गौरादह  जोड्ने पांचगाछी सरङ्गपाडा सोलमारी सडकको स्तरोन्नती ७ लाख
आदिपुरेको घर हुंदै ज्योतीनगर छाता चौक जाने सडक ग्राभेल ७ लाख
लखनपुर गाविस क्षेत्रमा विद्युत विस्तार ७ लाख
सरस्वती माविमा तीइसीएस कार्यक्रम विस्तार ७ लाख
गौरादह १ र लखनपुर ५ जोड्ने गेउरिया  खोलामा कल्भर्ड निर्माण क्षेत्र न.ं ६ र ७ को साझेदारीमा ) १० लाख
सेतुमारी हाइवे सडक कालोपत्रे (वडा नं. १८ र १९ खण्ड) ७ लाख
कृष्ण मन्दिर बेलडांगी सडक (ढुकुरपानी जनता चौक खण्ड) कालोपत्रे, दमक १२ लाख
कन्टिजेन्सी १ लाख ५० हजार
धरमपुर वडा नं. ४ को मंगलवारे  पाथीभरा प्रावि हुंदै शिवगञ्ज  पांचगाछी सडक खण्डको पाथिभरा प्राविदेखी  वेलनी खोला सम्म बाटो ग्राभेल ३ लाख १२ हजार ५ सय
सोलमारी सरङ्गपाडा सडक बिच  लोहाझोडा कल्भर्ड निर्माण ३ लाख १२ हजार ५ सय
लखनपुर ६ स्थित धिमाल  टोल बेलडांगी बाटो ग्राभेल ३ लाख १२ हजार ५ सय
शहिद रत्न कुमार वान्तवा स्मृती भवन निर्माण ५ लाख ३४ हजार ३ सय ७५
रमा सामुदायिक सेवा तथा प्रकोप ब्यवस्थापन समिति दमक १९ मार्फत विभिन्न  जातका विरुवा नर्सरी क्षेत्र भित्र वितरण गर्ने २ लाख ५० हजार
धिमाल  जाती विकास केन्द्र खरखरे दमक ३ को सामुदायिक भवन निर्माण ६२ हजार ५ सय
प्रशासनिक तथा कन्टिजेन्सी ७२ हजार ५ सय
जम्मा १ करोड १५ लाख

एमाओवादीसमेत रहेका सिराहा क्षेत्र नं. ५ का सभासद प्रचण्डले १५ लाख रुपैयाँ आठ वटा कार्यक्रममा बाँडेका छन् । उनले शालिक निर्माण गर्न ४५ हजार र कल्भर्ट निर्माण गर्न ६० हजार रुपैयाँसमेत रकम दिएको सर्लाही जीबीसले जनाएको छ । प्रचण्डले निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तर्गतको १ करोड रुपैयाँ बाँडफाँट गरेको विवरण भने हालसम्म उपलब्ध गराईएको छैन ।

सिराहा क्षेत्र नं. ५ का सभासद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन क्षेत्र विकास कार्यक्रमको १५ लाख रुपैयाँ वितरण गरेको कागजात मात्रै अनलाइनखबरलाई उपलब्ध भएको छ ।

योजना तथा कार्यक्रम बाँडिएको रकम
बस्तीपुर चोकमा शालिक निर्माण ४५ हजार
गोलबजारका चार वटा अधुरा सामुदायिक भवन निर्माण ४ लाख २५ हजार
कल्याणपुरमा गोलबजारमा अधुरो सामुदायिक भवन निर्माण १ लाख
गौतारीको पासमान टोलमा सामुदायिक भवन निर्माण १ लाख
कल्भर्ट निर्माण ६० हजार
गोलबजारका दुई सडक मर्मत १ लाख ७५ हजार
मिरचैयाको खानेपानी ट्युवेल निर्माण ९० हजार
बडहरामालमा नबजिबन डीप बोरिङ मर्मत ५० हजार
जम्मा १५ लाख

इलाम क्षेत्र नं. २ का सभासदसमेत रहेका सभामुख सुवास नेम्बाङले १ करोड १५ लाख रुपैयाँ बजेटलाई २५ टुक्रा पारेर बाँडेका छन् । नेम्बाङले एक आयोजनालाई थारैमा १ लाख देखि धेरैमा १३ लाख रुपैयाँसम्म बाँडेका छन् ।

गोर्खा क्षेत्र नं. १ का सभासद बाबुराम भट्टराईले १ करोड १५ लाखलाई २१ टुक्रा पारेर बाँडेका छन् । उनले पत्रकारलाई तालिम दिन ५० हजार रुपैयाँदेखि स्थानीय सडकको ग्राभेल गर्न १४ लाख रुपैयाँ बाँडेका छन् ।

इलाम क्षेत्र नं. १ का सभासद झललनाथ खनालले १ करोड १५ लाख रुपैयाँलाई १३ टुक्रा बनाएका छन् । उनले थोरैमा १ लाख १५ हजार देखि धेरैमा ३० लाख रुपैयाँसम्म बाँडेका छन् ।

तनहुँ क्षेत्र नं. २ का सभासद रामचन्द्र पौडेलले १ करोड १५ लाख रुपैयाँ बजेटलाई २२ टुक्रा बनाएर बाँडेका छन् । उनले घटीमा ५० हजारदेखि बढीमा २४ लाख रुपैयाँसम्म बाँडेका छन् । पौडेलले दुई मन्दिर निर्माणका लागि १ लाख ७५ हजार रुपैयाँ बाँडेका छन् ।

दर्शन फरक, व्यवहार उस्तै

मुख्य दलका ठूला नेताहरुको राजनीतिक दर्शन फरक भए पनि पैसा बाँड्ने व्यवहार भने उस्तै भेटियो । यतिसम्म कि १५ लाखको बजेटलाई १४ टुक्रासम्म पारेर वितरण गरेका छन । जुन सभासदले बजेटलाई धेरै टुक्र्याएको छ, त्यो बजेट त्यति नै बढी दुरुपयोग हुने जानकारहरु बताउँछन् ।

इलाम क्षेत्र नं. २ का सभासद सुवासचन्द्र नेम्बाङ्गले चालू आवमा बितरण गरेको १ करोड १५ लाख रुपैयाँको विवरण ।

 योजना तथा कार्यक्रम बाँडिएको रकम
जीतपुर-पिप्ली भञ्ज्याङ्ग खानेपानी आयोजना ७ लाख
सडके-साङरुम्बा-सिद्धिथुम्का सडक आठ लाख
साकफारा-कालापानी-बैद्यटाँडी सडक १५ लाख
फुएतप्पा ९ आङचेरे सडक आठ लाख
दशमी-आमचोक उच्च मावि सडक खण्ड १० लाख
खन्यौ खोल्सी सिवज्योति स्कूल छेउमा कल्भर्ट निर्माण १२ लाख
पारुहाङ खेल मैदान १३ लाख
धुसेनी-देउमाइ दोभान- गजुरमुखी-लुम्दे नवमी सडक आठ लाख
पुवाखोला इन्टेक साङरुम्बा ढोलेदेवी जीतपुर सडक ९ लाख
दानाबारी-महभाई सडक लारुम्बा सडक ८ लाख ५० हजार
प्र्रशासनिक खर्च १५ हजार
सिंहदेवी उच्चमावि खेलमैदान मर्मत तथा निर्माण २ लाख २० हजार
बरुङ बालविकास खेल मैदान मर्मत तथा निर्माण १ लाख ५० हजार
क्याबुङ खेल मैदान निमार्ण १ लाख
रत्न बान्तावा समाधीस्थल पूर्वाधार निर्माण १ लाख ७ हजार ५ सय
जीबनज्योति मावि मर्मत १ लाख
गोतामे डाँडाहुँदै सिद्धिथुम्का जोड्ने सडक १ लाख
सोयाक ९ कात्तिके हुँदै सोयाक ८ नगरपालिका १ लाख
ल्खनपुरबाट चुलाचुली वडा नं. ५-६ हुँदै स्वर्ग मन्दिर जाने बाटोको विभिन्न स्थानमा होम पाइप खरिद १ लाख ५० हजार
नवमी फुलुङ सडक मर्मत जीतपुर १ लाख
साकफारा २ तोरीबारी-त्रिवेणी मार्ग कल्भर्ट निर्माण १ लाख
म्हिला, दलित, युवा, विद्यार्थीको क्षमता अभिवृद्धि गर्न १ लाख
सहकारी तथा कृषि प्रवर्द्धन कार्यक्रम १ लाख
प्रशासनिक खर्च ५० हजार
कन्टेजेन्सी खर्च २२ हजार ५० हजार
जम्मा १ करोड १५ लाख

कनिकाझैं छरियो साढे तीन अर्ब

६ सय १ सभासलाई अर्थ मन्त्रालयले साढे तीन अर्ब रुपैयाँ बजेट निकासा गरिसकेको छ । कतिपय सभासदहरुले १०/२० हजार समेत वितरण गरेको भेटिएको छ । सभासदहरुले बजेटलाई कनिका जसरी छर्दा साढे तीन अर्ब रुपैयाँले कुनै उपलब्धि हासिल नगरेको पूर्व अर्थसचिव रामेश्वर खनालले बताए । तर, सभासदहरु भने निर्वाचन क्षेत्र विषेश कार्यक्रमका लागि ५ करोड दिनुपर्ने माग राख्दै आएका छन् ।

सदुपयोग भए त काम देखिन्थ्यो

‘चुरेकै कामको सिलसिलामा धेरै जिल्ला घुमे । झापाका एक सभासदले बिरिङ खोलामा तटबन्ध निर्माणमा रकम दिएकोबाहेक अन्त कतै सभासदले दिएको पैसाले यसो गर्दैछौं भनेर एकजना पनि सर्वसाधारणले भनेको मैले सुनेको छैन’ खनालले अनलाइनखबरसँग भने-‘एउटा निर्वाचन क्षेत्रमा १ करोड १५ लाख रुपैयाँ जाँदा सदुपयोग भएको भए त काम भएको सजिलै देखिन्थ्यो नि, होइन र ?’

राजनीतिक नेतृत्वले मुलुकको भविष्य भन्दा तत्कालीन सस्तो लोकप्रियता हेर्ने प्रवृत्तिले राजनीतिक परिवर्तन भएपनि देश आर्थिक तथा सामाजिक विकासमा पछि परेको उनको टिप्पणी छ ।

गोर्खा क्षेत्र नं. १ का सभासद बाबुराम भट्टराईले चालू आवमा बितरण गरेको १ करोड १५ लाख रुपैयाँको विवरण ।

योजना तथा कार्यक्रम बाँडिएको रकम
राधापुर गाविस वडा नं. ९ बरहीको घरदेखि वडा नं. ३ को उपा थापाको घरसम्म माटोपटान तथा ग्राभेल १० लाख
बनकटवा प्रभात मावि वडा नं. ४ गेटहुँदै जी गाउँ चोक हुँदै एच गाउँ वडा नं. ५ जोड्ने सडक माटो पटान तथा ग्राभेल १९ लाख
बागेश्वरी वडा नं. १ को आदर्श माविदेखि धौलागिरी हुँदै सीतापुर २ को सि गाउँ जोड्ने सडक माटो पटान तथा ग्राभेल १४ लाख
उढरापुर गाविस भवनदेखि वडा नं. २ गिजरा गाउको जेठानाला पुलसम्मको सडकखण्ड अन्तर्गत फैजवालाल तालदेखि जठाननालासम्म माटो पटान तथा ग्राभेल १० लाख
नौवास्ता वडा नं. ८ को न्याउदीपुर अमर ओलीको घरदेखि तिलक बाजेको घरसम्म माटो पटान तथा ग्राभेल १६ लाख ५० हजार
गनापुरस्थित ने.रा.प्राविको २ कोठे भवन निर्माण १० लाख
सीतापुर वडा नं. ७ को ज्यामबहादुर मल्लको घरदेखि २७ धुरी जोड्ने सडकको माटो पटान तथा ग्राभेल ९ लाख
चिसापानी बजारदेखि सुर्योदय मावि जानेबाटो कालोपत्रे १० लाख
प्रशासनिक खर्च १ लाख ५० हजार
चण्डेश्वरी महिला समुह भवन निर्माण २ लाख
छेपेटार ९ को तीनघरे खानेपानी २ लाख
भद्रकाली माविको तारवार १ लाख ५० हजार
साइनिङस्टार फर्निचर तथा खेलकुद सामाग्री खरिद १ लाख ५० हजार
हातेमालो दलित उत्थान समिति भवन निर्माण १ लाख
श्रीशक्ति भैरवी महिला समुह भवन निर्माण १ लाख
जलदेवी मावि फर्निचर खरिद १ लाख
बेपत्ता स्मरण प्रतिक्षालय निर्माण १ लाख
मान्द्रेढुंगा खानेपानी मर्मत् १ लाख
ढुंगागाडे निमाविलाई फर्निचर खरिद ५० हजार
पत्रकारिता क्षमता अभिवृद्धि कार्यक्रम ५० हजार
जम्मा १ करोड १५ लाख

सिद्धान्त नै गलत

‘पुँजीको एकत्रित गरी ठूला पूर्वाधार बनाउनु पर्ने बेलामा हामीकहाँ भने उपलब्ध भएको पुँजी टुक्र्याएर कनिका जस्तै छर्ने काम भएको छ । यो सैद्दान्तिकरुपमै गलत छ । यसले अर्थतन्त्र र समाजलाई हितभन्दा बेहित बढी गरिरहेको छ’ खनालले भने ।

विधायकले जिबिसको काम गर्ने होइन

सभासदको मुख्य जिम्मेवारी नीति/नियम बनाउने र स्थानीय क्षेत्रको विकास गर्ने जिम्मा जीबीसको भएको खनालले प्रष्ट पारे । ‘जीबीसको काम विधायकले गर्नु कदापि उचित होइन’ उनले भने-‘कसैलाई स्थानीय क्षेत्रको विकास गर्न मन लागेको हुन सक्छ, त्यस्ता व्यक्तिले सभासद होइन जिविस सभापति वा मेयर बन्नुपर्छ ।’

बाँडीचुँडी झ्वाम

करोड रुपैयाँका एक वा दुई आयोजना निर्माण गर्न छाडेर शलिक, गेट, पार्क बनाउन र स्थानीय क्लब तथा समुहलाई पैसा दिएर नेताहरुले कार्यकर्तालाई बाँडेर खाओ भनेको खनालको टिप्पणी थियो ।

इलाम क्षेत्र नं. १ का सभासद झलनाथ खनालले चालू आवमा बितरण गरेको १ करोड १५ लाख रुपैयाँको विवरण ।

योजना तथा कार्यक्रम बाँडिएको रकम
फिक्कल चक्रपथ सडक स्तरोन्नति ३० लाख
श्रीअन्तु समाल्बुङ ९ हुँदै अम्बिटार सडक १२ लाख
नर्बु किराँत स्मृति रुङ्गसुङ्ग खेलमैदान १० लाख
चिसापानी-मौवाडाँडा-लक्ष्मीपुर ४ कटुसे बजार जोड्ने सडक १० लाख
देउराली-बागबिरे-गोर्खे-मंगलबारे सडक ८ लाख
अन्तु पोखरी सुधार १० लाख
म्ानव सेवा क्लब भवन निर्माण १० लाख
सामल्बुङ्ग ७ घलेचौतारादेखि बौद्ध प्रा.वि. जोड्ने मोटरबाटो १ लाख १५ हजार
गोर्खेबाट मस्ते हुँदै नमस्तबार शितली सडक मर्मत २ लाख ३० हजार
सुर्योदयन गरपालिका वडा नं. ११, १५ र १४ हुँदै कोल्बुङ्ग जाने मोटरबाटो मर्मत १ लाख ७२ हजार ५ सय
कोल्बुङ्ग ९ मानेडाँडाबाट कोल्बुङ्ग ३ गणेश प्रा.वि ओझेली जाने मोटर बाटो १ लाख १५ हजार
रुङखोलाबा पान्दाम अलैँची विकास जोड्ने मोटरबाटो २ लाख ३० हजार
सुर्योदयन गरपालिकामा कृषि व्यावसायिकरण कार्यक्रम सञ्चालन गर्न २ लाख ६० हजार
महिला शशक्तिकरण कार्यक्रम ३ लाख ५० हजार
संयोजन कार्यक्रम खर्च ५० हजार
कार्यालय सञ्चालन २२ हजार ५ सय
जम्मा १ करोड १५ लाख

उद्देश्य एकातिर, काम अर्कातिर

अर्का अर्थशास्त्री डिल्लीराज खनाल पनि जुन उद्देश्यले सभासदलाई खर्च गर्ने अधिकारसहित बजेट दिइएको थियो, सो अनुसार काम नभएको टिप्पणी गर्छन् ।

‘निर्वाचन क्षेत्रमा जाने पैसाको कार्यान्वयनका सवालमा मैले विश्व बैंकसँग मिलेर दुई पटक शुक्ष्म अध्ययन गरेको छु ।’ खनालले भने -‘जुनजुन क्षेत्रमा जसरी खर्च गर्नुपर्ने भन्ने मापदण्ड छ, त्यसको पालना भएको मेरो अध्ययनले देखाएन ।’

तनहुँ क्षेत्र नं. २ का सभासद रामचन्द्र पौडेलले चालू आवमा बितरण गरेको १ करोड १५ लाख रुपैयाँको विवरण  ।

 योजना तथा कार्यक्रम बाँडिएको रकम
सारङघबाट छिपछिपे हुँदै नाल्दीघाट मार्ग २४ लाख
दधिभवन नदी मार्ग १० लाख
श्रींकाली मोटर मार्ग १० लाख
शान्तिमार्ग १२ लाख
इन्दु माविको भवन निर्माण ७ लाख
कामधेनु निमावि भवन निर्माण ७ लाख
सिरिङ-बुढाकोट धारुङ ७ लाख
दैरे संग्राहलय निमार्ण ८ लाख
शहिदचन्द्र नेपाली छात्रबास ७ लाख
कोइदिम ग्वास्लुङ मार्ग १० लाख
भालुखोर खानेपानी मर्मत १ लाख
गाउँवेशी मार्ग निर्माण १ लाख २५ हजार
रिसिङ्ग धारुङ्ग गैह्री मार्ग १ लाख २५ हजार
सिद्देश्वरी सामुदायिक भवन १ लाख ५० हजार
नेवा गुठी भवन निर्माण १ लाख २५ हजार
रााम मन्दिर निर्माण १ लाख
इशानेश्वर मन्दिर निर्माण ५० हजार
शिव मन्दिर निर्माण १ लाख २५ हजार
जलदेवी उ.मा.वि.भवन निर्माण २ लाख
जामा मस्जित भवन निर्माण  १ लाख
सामुदायिक रेडियो मादीसेती एफएम ७५ हजार
विपि स्मृति भवन निर्माण १ लाख ७५ हजार
जम्मा १ करोड १५ लाख
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?