८ भदौ, काठमाडौं । अखण्ड सुदूपश्चिमको अडान लिँदै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू थारु विरोधी नभएको दाबी गरेका छन् ।
थारु समुदायको आन्दोलनका क्रममा सोमबार कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षकर्मी मारिएको भोलिपल्ट देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
आफ्नो दायाँ बायाँ दुबै तिर पार्टीका थारु नेता तथा सभासदलाई राखेर पत्रकारमाझ प्रस्तुत भएका देउवाले आफू थारु विरोधी नभएको दाबी थुप्रै दलिल पेश गरे । उनले भने-‘जो मान्छेले कमैयालाई जग्गा दिएको छ, कसरी थारु विरोधी हुन्छ ? यद्यपि म पहाडी हुँ । कमैयाका पक्षमा भाषण गरेको छु । त्यस्तो व्यक्ति थारुविरोधी हुन्छ ?’
थरुहट प्रदेश बनाउनु पर्ने थारु समुदायको मागलाई भने उनले अस्वीकार गरेका छन् । ‘थारुलाई दियो भने अरुलाई पनि दिनुपर्छ’ भन्दै उनले थारुहरुलाई अरु अधिकार दिइने बताए ।
विगतदेखि थारु र पहाडी मिलेर बसेको भन्दै उनले यो एकता कायम राख्नुपर्नेमा जोड दिए ।
साथै उनले आफूलाई थारुलाई रौं पनि दिन्न नभनेको दाबी गरे । तर, जिल्ला टुक्राउन नहुने पक्षमा हिजो पनि रहेको, आज पनि रहेको र भोलि पनि रहने बताए ।
भिडियो
देउवासँगै एमालेका भीम रावल, एमाओवादीका लेखराज भटट्सहितका नेताहरुले अखण्ड सुदूरपश्चिमको अडान लिँदै आएका छन् । प्रदेशको सीमांकनबारे भएको पछिल्लो छलफलमा थारु सभासदले कैलालीको थारु बाहुल्य क्षेत्रलाई बर्दियासहितकेा प्रदेशमा राखे सहमति हुन सक्ने बताए पनि देउवासहितका नेताहरुले अस्वीकर गर्दै आएका छन् ।
कांग्रेस वरिष्ठ नेता देउवाले एसएसपीसहित ८ जनाको मृत्यु हुने गरी कैलालीको टीकापुरमा सोमबारको हिसांत्मक झडपलाई अपराधिक घटनाको संज्ञा दिएका छन् । यो जघन्य अपराध भएको भन्दै उनले यस्तो गर्ने जोसुकै कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताए ।
उनले सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले राजनीतिक कुरा गरेको भन्दै आपत्ति समेत जनाए । सम्वाद समितिको सभापति भएपछि राजनीतिक कुरा गर्न नपाइने भन्दै उनले भट्टराईले झगडा गराउने काम गरेको आरोप पनि लगाएका छन् ।
यो पनि पढ्नुस्
टीकापुर घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन
थारु आन्दोलनकारीले टीकापुर हत्याको जिम्मेवारी नलिने
टीकापुरमा मारिएका एसएसपी न्यौपानेको अन्तिम बिदाइ
थारुहरुसँग साइनो नभएका मानिसहरु गएर भड्काए : भीम रावल
गृहमन्त्रीले ‘दक्षिणतिरबाट मान्छे आए’ भनेकोमा भारतको आपत्ति
माओवादी पूर्वलडाकु भन्छन्-घुसपैठ होइन, ऐक्यवद्धता हो
टीकापुर घटनाबारे के भन्छन् कैलालीका थारु सभासद ?
थारू आन्दोलनको राजनीतिक निकास खोज्ने चार दलको सहमति
कहाँ लुकेका थिए टीकापुरका सरकारी गुप्तचर ?
टीकापुर घटनाको छानविन गर्न मानवअधिकार आयोगको आग्रह
कैलालीका सिडियो फिर्ता बोलाइए
भाग्यले बाँचेका सशस्त्रका एसपी भन्छन्- आन्दोलनकारी छापामार शैलीमा आएका थिए
थारु सभासदले प्रधानमन्त्रीलाई सोधे- कर्फ्यू थारुका लागि मात्र हो कि सबैलाई ?
टीकापुर घटनामा संलग्न भएको आशंकामा चारजना पक्राऊ
सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए
प्रतिक्रिया 4