८ भदौ, काठमाडौं । कैलालीको टीकापुरमा आन्दोलनकारीबाट मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको प्रहरी सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
मृतक न्यौपानेको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले शोक सलामी, सम्मान सलामी र अन्तिम सलामी अर्पण गरेको थियो ।
न्यौपानेको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको शव गौशालास्थित महानगरीय प्रहरी वृत्तमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो ।
प्रहरी वृत्त गौशलामा प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालसहितका उच्च प्रहरी अधिकारीहरुले न्यौपानेको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाएर सम्मान गरे ।
एसएसपी न्यौपानेप्रति श्रद्धान्जली दिन उपप्रधान एवं गृहमन्त्री बामदेव गौतम आर्यघाट पुगेका थिए ।
थारु प्रदेशको माग गर्दै कैलालीमा भएको आन्दोलनका क्रममा सोमबार भएको हिंसात्मक झडपमा एसएसपी न्यौपानेसहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो । उनका श्रीमती एक छोरा र एक छोरी छन् ।
तस्वीरः विकास श्रेष्ठ र कविन अधिकारी/अनलाइनखबर
यो पनि पढ्नुस्
टीकापुर घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन
थारु आन्दोलनकारीले टीकापुर हत्याको जिम्मेवारी नलिने
वरिपरी थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?
थारुहरुसँग साइनो नभएका मानिसहरु गएर भड्काए : भीम रावल
गृहमन्त्रीले ‘दक्षिणतिरबाट मान्छे आए’ भनेकोमा भारतको आपत्ति
माओवादी पूर्वलडाकु भन्छन्-घुसपैठ होइन, ऐक्यवद्धता हो
टीकापुर घटनाबारे के भन्छन् कैलालीका थारु सभासद ?
थारू आन्दोलनको राजनीतिक निकास खोज्ने चार दलको सहमति
कहाँ लुकेका थिए टीकापुरका सरकारी गुप्तचर ?
टीकापुर घटनाको छानविन गर्न मानवअधिकार आयोगको आग्रह
कैलालीका सिडियो फिर्ता बोलाइए
भाग्यले बाँचेका सशस्त्रका एसपी भन्छन्- आन्दोलनकारी छापामार शैलीमा आएका थिए
थारु सभासदले प्रधानमन्त्रीलाई सोधे- कर्फ्यू थारुका लागि मात्र हो कि सबैलाई ?
टीकापुर घटनामा संलग्न भएको आशंकामा चारजना पक्राऊ
सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए
प्रतिक्रिया 4