+
+

विमानबाट पेट्रोल र डिजेल ल्याउन सकिँदैन : वायुसेवा निगम

२२ असोज, काठमाडौं । नेपाल वायु सेवा निगमले आफ्नो विमानबाट पेट्रोल वा डिजेल ओसार्न नमिल्ने स्पष्ट पारेको छ । भारतको कोलकाताबाट हवाइ इन्धन ल्याइएको जनाउँदै निगमले त्यसरी पेट्रोल र डिजल ल्याउन नसकिने जानकारी दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २२ गते १३:३०

Nepal-Airlinesनविन अर्याल
२२ असोज, काठमाडौं । नेपाल वायु सेवा निगमले आफ्नो विमानबाट पेट्रोल वा डिजेल ओसार्न नमिल्ने स्पष्ट पारेको छ । भारतको कोलकाताबाट हवाइ इन्धन ल्याइएको जनाउँदै निगमले त्यसरी पेट्रोल र डिजल ल्याउन नसकिने जानकारी दिएको हो ।

‘हामीले विमानको ट्यांकी भरेर ३३/३३ टनका दरले हवाइ इन्धन ल्याएका हौं’ निगमका प्रवक्ता रामहरि शर्माले अनलाइनखबरसँग भने, ‘हवाइ इन्धन राखिने ट्यांकीमा अरु तेल राखेर ल्याउन मिल्दैन ।’

निगमले कोलकाताबाट हवाइ इन्धन ल्याएपछि आम मानिसमा डिजेल र पेट्रोल पनि त्यसैगरी ल्याइदिओस् भन्ने लागेको थियो । निगमले बिहीबार कोलकाताबाट चार्टर्ड उडान गरी ६६ टन हवाइ इन्धन ल्याएको थियो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता शर्माका अनुसार पेट्रोल र डिजेल बोकेर ल्याउनका लागि विमान ‘मोडिफाइड’ गर्नुपर्छ । जहाज ‘मोडिफाइड’ गर्न असम्भव भएको हुँदा निगमका जहाजले तेल बोक्न नसक्ने उनले स्पष्ट पारे ।

भारतले अघोषित नाकाबन्दी गरी तेल उपलब्ध गराउन छाडेपछि नेपाल आयल निगमले तत्कालको संकट टार्न विमान चार्टर्ड गरेर तेल ल्याउने तयारीमा जुटेको छ ।

यसका लागि निगमले बिहीबार ग्लोबल टेन्डरसमेत आहृवान गरेको छ । नेपालमै ४ वटा ठूला जहाज हुँदाहुँदै किन विदेशी जहाज खोजेर तेल ल्याउनुपर्‍यो भनेर प्रश्न उब्जिएको थियो ।

विदेशमा तेल र पानी बोक्नका लागि छुट्टै जहाज हुन्छन् । रसियामा जहाजले पानी र इन्धन बोक्ने काम गर्छन् । रसियाको जंगल वा अन्यत्र आगलागी भएमा जहाजबाट पानी खन्याएर निभ्याउने गरिन्छ ।

नेपाल आयल निगमले पनि रसियन जहाज ल्याएर तेल आपूर्ति गर्ने सोचाइमा रहेको देखिन्छ । यस्ता जहाजले ठूलो परिमाणमा तेल ओसार्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?