+
+

रिमोट चलाएर पेट्रोल पम्पले यसरी ठग्छन् उपभोक्ता

६ मंसिर, काठमाडौं । आइतबार साँझ छ बज्नै लाग्दा एकान्तकुनास्थित गायत्रीदेवी आयर स्टोर अगाडि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको गाडी दुई वटा गाडी रोकिए ।

गाडीबाट महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालसहितका प्रहरी अधिकारी ओर्लिए । अनि सुरु भयो ‘एन्टी क्राइएस मंगर’ अपरेशन ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ६ गते २३:१२

Petrol Thagi (3)

पुष्प दुलाल

६ मंसिर, काठमाडौं । आइतबार साँझ छ बज्नै लाग्दा एकान्तकुनास्थित गायत्रीदेवी आयर स्टोर अगाडि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको गाडी दुई वटा गाडी रोकिए ।

गाडीबाट महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालसहितका प्रहरी अधिकारी ओर्लिए । अनि सुरु भयो ‘एन्टी क्राइएस मंगर’ अपरेशन । मिटर विगारेर उपभोक्ता ठग्ने पेट्रोल पम्पहरु र कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरुविरुद्ध अपराध महाशाखाले आइतबारदेखि एन्टि क्राइसेस मंगर अपरेशन सुरु गरेको थियो ।

अपरेशनको पहिलो निशाना बन्यो, बालाजुस्थित क्रिष्टल आयल स्टोर । त्यहाँ छापा मारेर प्रहरीको टोली एकान्तकुना पुगेको थियो । प्रहरी पुग्दा पम्पले सार्वजानिक सवारीलाई डिजेल वितरण गरिरहेको थियो भने तेलका लागि सवारी साधनको लामो लाइन थियो ।

प्रहरी पुगेपछि पेम्पमा कर्मचारीहरु आत्तिए भने लाइनमा बसेकाहरु के गर्न खोजेको हो भन्दै हेर्न आए । तर, प्रहरीले पम्पको चाबी लियो र, भीड र सवारी साधनलाई हटाएर ठगीको राज खोज्यो ।

Petrol Thagi (2)
पम्प सञ्चालक शैलेन्द्र श्रेष्ठ

मिटर विगारेर उपभोक्ताहरुलाई कम तेल दिने गरेको पाइएपछि प्रहरीले अपरेशन थालेको थियो । प्रहरीले आफूसँग भारतीय नागरिक आयोब आलमलाई पनि लिएर आएका थिए, जसले देखेपछि पम्प सञ्चालकको सातो गयो ।

प्रहरीको उपस्थितिमा आलमले पेट्रोल पम्पको चाबी खोलेर मेसिन जोडिएको ‘ठगी’ गर्ने मेसिन निकाल्न थाले । जुन यन्त्र उनै आलमले ९ महिनाअघि जोडेका थिए । जसबापत पेट्रोल पम्पका मालिक शैलेन्द्र श्रेष्ठले उनलाई ३० हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आलमका अनुसार उनले राजधानीका डेढ दर्जन पेट्रोल पम्पमा यस्तो ठगी गर्ने मेसिन जोडेका छन् । आलम पक्राउ परेपछि विभिन्न पेट्रोल पम्पमा छापा मारेको एसएसपी खनालले जानकारी दिए ।

Petrol Thagi (5)

आलमका अनुसार पेट्रोल पम्पमा यस्तो मेसिन जडान गरेपछि १०० लिटरमा २ देखि ४ लिटरसम्म ठगी गर्न सकिन्छ । तेल हाल्ने बेलामा परैबाट रिमोट चलाएपछि मेसिनले आफैं काम गर्न थाल्छ र उपभोक्ता ठगिन्छ ।

मिस्त्रीले पम्पबाट जडान गरिएको मेसिन निकालर प्रहरीलाई बुझाए भने पम्पमा कार्यरत मजदुरले रिमोट जिम्मा लगाए । प्रहरीले मेसिन र रिमोटसँगै पम्पका मालिक शैलेन्द्र श्रेष्ठलाई पनि नियन्त्रणमा लियो ।

अपराध महाशाखा प्रमुख एसएसपी खनालले कालोबजारी र ठगी गर्नेहरु कसैलाई नछाड्ने बताएका छन् । ‘नाकाबन्दीका बीच पनि केही ट्यांकर तेल आइरहेको छ । तर, वितरण प्रणालीमा संलग्न अधिकारीहरुबाट कालोबजारी र ठगी भएकाले उपभोक्ताले पेट्रोलियम पद्धार्थ पाउन सकिरहेका छैनन्’ खनालले भने- ‘प्रहरीले कसैलाई पनि छाड्ने छैन ।’

को हुन् आलम ?

रिमोट सिस्टमबाट उपभोक्ता ठगी गर्ने मेसिन बनाएर विभिन्न पेट्रोल पम्पमा जडान गरी लाखौं कमाउने आयोब आलम भारत गोरखपुरका हुन् । काठमाडौंको बालकुमारीमा उनको वर्कसप छ ।

आलमले ४ वर्षदेखि काठमाडौंमा व्यवसाय सञ्चालन गर्दै आए पनि ९ महिनादेखि मात्रै यस्तो मेसिन जोड्न थालेको बताए । दिल्लीबाट इलेक्ट्रोनिक मेकानिकलमा डिप्लोमासम्म अध्ययन सकेर रोजगारीका लागि नेपाल आएको आलमले बताए ।

Petrol Thagi (4)

सुरुका केही वर्ष बुटवटमा मिस्त्री काम गरेका उनी त्यसपछि काठमाडौं आएका थिए । ‘यस्तो मेसिन जोड्न जो कोहीले जान्दैन । म त इलेक्ट्रोनिक मेकानिकल इन्जिनियरको डिप्लोमा भएकाले मात्रै जानेको हुँ’ आलमले भने- ‘एउटा मेसिन सेट गरेको ३० हजार लिन्छु ।’

आलमजस्तै अन्य केही भारतीय नागरिकहरुले यस्तो धन्धामार्फत लाखौ कमाइरहेको पाइएको एसएसपी खनालले जानकारी दिए । ‘हामीले समातेकामध्ये केही वर्षअघि मात्रै धनुषबाट अंगृकित नेपाली नागरिकता लिएर यस्तो धन्दा गर्दै आएका पनि छन्’ खनालले भने-भोलि सार्वजानिक गर्छौं ।’

पेट्रोलियम पद्धार्थको वितरण प्रणालीमा संलग्न निकायका कर्मचारीहरुको मिलेमतोमा कालोबजारी भएको पाइएकाले प्रहरीले अनुसन्धान आक्रमक बनाउने एसएसपी खनालले जानकारी दिए । ‘हामीले गहिरो अध्ययन पछि पेट्रोलियम पद्धार्थमा भएको ठगी र कालोबजारीको बारेमा निकै आश्चर्यजनक तथ्यहरु फेला पारेका छौं’ उनले भने- केही दिनमै सार्वजानिक गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?