+
+

शेष घले र जमुना गुरुङले जनकपुर अस्पतालमा प्रसुती गृह निर्माण गर्ने

२० मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसनले जनकपुरस्थित क्षेत्रीय अस्पतालमा प्रसुती गृह निर्माण गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २० गते १७:१४

Shesh Ghale and Jamuna Gurung to establish maternity home in Janakpur (2)

  • जनकपुर क्षेत्रीय अस्पताल अवलोकन गर्दै एनआरएन अध्यक्ष शेष घले लगायत

२० मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसनले जनकपुरस्थित क्षेत्रीय अस्पतालमा प्रसुती गृह निर्माण गर्ने भएको छ ।

नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्नेगरी एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका एमआईटी फाउण्डेसनका संस्थापकद्वय घले र गुरुङले शनिवार जनकपुरस्थित क्षेत्रीय अस्पतालको निरिक्षण गरेका थिए ।

सो क्रममा अस्पताल ब्यवस्थापनले अस्पतालको प्रसुती सेवामा निकै चाप रहेको र त्यसलाई ब्यवस्थित बनाउन नसकिएको जानकारी गराएपछि घले र गुरुङ प्रसुती गृह निर्माण गरिदिन तयार भएका हुन् । अस्पतालको निरिक्षण र ब्यवस्थापन पक्षसँगको छलफल पश्चात अध्यक्ष घलेले छिटै प्रसुती गृह निर्माणका लागि काम अगाडि बढाउने बताए ।

Shesh Ghale and Jamuna Gurung to establish maternity home in Janakpur (4)‘हामीले मौजुदा सरकारी संयन्त्रलाई नै कसरी बलियो र प्रभावकारी बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेका थियौं,’ अध्यक्ष घलेले भने, ‘देशकै दोस्रो ठूलो प्रसुती सेवा दिने अस्पतालमा पूर्वाधारको दयनीय अबस्था रहेको थाहा पाएपछि हामी आफ्नै आँखाले हेरेर सहयोगको खाका बनाउन अस्पतालमै आएका हौं ।’

‘हामीले अस्पताल ब्यवस्थापनलाई आबश्यकता के कति हो भन्नेबारे विस्तृत जानकारी उपलब्ध गराउन भनेका छौं, साथसाथै फाउण्डेसनले पनि अनुसन्धान अगाडि बढाउँछ, केही दिनभित्रै हामी सहयोग रकमको राशी तय गरी घोषणा गर्ने छौं,’ घलेले भने ।

एमआईटी फाउण्डेसनकी संस्थापक जमुना गुरुङले सेवाको गुणस्तर सुधार गरी मातृशिशु मृत्युदर कम गर्न सहयोग गर्न लागिएको बताइन् ।

Shesh Ghale and Jamuna Gurung to establish maternity home in Janakpur (3)

‘अकुपेन्सी रेटलाई १४५ प्रतिशतबाट घटाएर ८० मा झार्ने र मातृशिशु मृत्युदर पनि विश्वस्वास्थ्य संगठनको मापदण्डभित्र ल्याउने लक्ष्यका साथ हामीले सेवामा गुणस्तर बृद्धि गर्न लागेका हौं,’ गुरुङले भनिन्, ‘अस्पतालमा सुविधा थप गरी सेवा स्तरलाई बृद्धि गर्न र बार्षिक हजारौैं आमा र बच्चाको जीवनलाई सहज बनाउने र मृत्युदरलाई घटाउने लक्ष्यसहित हामीले सहयोग गर्न लागेका हौं ।’

नेपालमा स्वास्थ्य र शिक्षामा लगानी गर्नेगरी काम थालेको एमआईटी फाउण्डेसनले महाभूकम्पका बेला दुई करोड र नाकाबन्दीबाट सिर्जित मानवीय संकटका बेला औषधि खरिदका लागि एक करोड रुपैयाँ सहयोग गरिसकेको छ । अध्यक्ष घलेका अनुसार राज्यको मौजुदा संरचनामा सुधार गरी गरिव तथा निम्नवर्गिय समुदायमा सहज सेवा पुर्‍याउन फाउण्डेसनले सहयोग गर्ने नीति लिएको छ ।

सन् २०११/१२ मा स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनअनुसार ६ वटा क्षेत्रीय अस्पतालमध्ये जनकपुर क्षेत्रीय अस्पतालमा बिरामीको सवैभन्दा धेरै चाप देखिएको थियो । अन्य अस्पतालमा ९७ प्रतिशत अकुपेन्सी रेट रहेकोमा जनकपुर अस्पतालमा १४५ प्रतिशतसम्म अकुपेन्सी रेट देखिएको थियो । साथै अस्पतालमा मातृ शिशु मृत्युदर पनि निकै उच्च रहेको देखिएको छ, जहाँ ४५ प्रसुतीमध्ये २२ जनाको ज्यान जाने गरेको देखिएको छ ।

Shesh Ghale and Jamuna Gurung to establish maternity home in Janakpur (1)

एमआईटी ग्रुप फाउण्डेसनका सुरेश चित्रकारका अनुसार अस्पतालको पहिलो आवश्यकता प्रसुती सेवालाई अत्याधुनिक बनाउनु रहेको भन्दै ब्यवस्थापन पक्षले प्रसुती गृह निर्माणमा सहयोग गर्न घले दम्पत्तिसमक्ष अनुरोध गरेको थियो ।

‘सरकारी बजेटले मात्र नयाँ-नयाँ सुविधा थप्न गाह्रो छ, बिरामीको चाप अत्यन्तै धेरै छ तर हामीसँग पर्याप्त बेड पनि छैनन्,’ अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेण्ट डा. राजकिशोर पण्डितले भने, ‘सुविधासम्पन्न अपरेशसन थिएटरसहितको प्रसुती गृह बनाउन सके धनुषासँगै अन्य ५-६ वटा जिल्लाका लाखौं मानिसले सुविधा पाउँछन् ।’

अस्पतालका अध्यक्ष नागेन्द्रप्रसाद चौधरीले बर्षमा करिव १४ हजारलाई प्रसुती सेवा दिइरहेको जानकारी दिए । धुनषासहित करिव ७ वटा जिल्लाका गरिव तथा निम्नवर्गिय बिरामीलाई अस्पतालले सेवा दिइरहेको जानकारी दिँदै उनले अत्याधुनिक प्रसुती गृह बन्न सके यो क्षेत्रकै लागि ठूलो उपलब्धि हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?