+
+

खडेरीले कालीकोटमा भोकमरी समस्या बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ५ गते ११:१४

Manma-Kalikot

५ पुस, कालीकोट । यस वर्ष पनि खडेरीले हिउँदे बाली उत्पादनमा कमी आउने भएपछि कालीकोटका कृषक चिन्तित भएका छन् । गएको बर्खेे बाली खडेरीले सुकेपछि भोकमरीको समस्यामा परेका कालीकोटका अधिकांश गाउँका कृषक हिउँदे बालीमा समेत असर परेपछि चिन्तित भएका हुन्गाउँमा खाद्यान्न किन्न आर्थिक सामथ्र्य छैन कसरी घरपरिवार पाल्ने भन्दै स्थानीयवासी चर्काे ब्याजदरमा ऋण निकाल्दै कालापहाड (भारत) जान थालेका छन् ।

थिर्पु गाविसका अनरुप सुनारले दुःख पोख्दै भने लगाएको अन्न सुकेर नष्ट भयो खानालाई ऋण निकालेर स्थानीय लालीघाट बजारबाट चामल ल्याएर खानुपर्ने बाध्यता रहेको बताए ।

जिल्लाका अधिकांश गाउँका कृषक सिँचाइको अभाव झेल्दै आएका छन् । बर्खेे तथा हिउँदे बालीका लागि आकाशे पानीको भरमा बाली लगाउनु पर्ने बाध्यता भएपछि दुवै मौसमको बाली उत्पादनमा कमी आएको हो ।

जिल्लाका सिँचाइ हुने रास्कोट क्षेत्रको फुकोट, स्युना, सिपखाना, ओदानकु, चिल्खाया थिर्पुलगायतका गाविसमा सिँचाइबाट गहुँबाली लगाइएको छ भने जिल्लाका राम्नाकोट, थिर्पु, नानीकोट, धौलागोह, खिन, बदालकोटलगायतका गाविसमा लगाएको बर्खेे बाली खडेरीले सुकेर नष्ट भएपछि भोकमरीको समस्या भएको छ ।

त्यहीमाथि हिउँदे बाली लगाएर उम्रिन लाग्दा खडेरी परेपछि कृषक विभिन्न निकायमा धाउन थालेका छन् । जिल्लास्थित खाद्य संस्थान, सङ्घसंस्थालगायतका निकायमा सहयोगका लागि अनुरोध गरेका छन् । जिल्लाका पाँचवटा गाविसलाई भने सुक्खा क्षेत्र घोषणा गर्दै विश्व खाद्य कार्यक्रमले कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि जिल्लाका अन्य गाविसमा कामका लागि खाद्यान्न कार्यक्रम सुरु गर्नुपर्ने माग जिल्लावासीले गरेका छन् ।

जिल्लाका नानीकोट, बदालकोट, रकु, मान्मलगायतका गाविसका कृषकले बर्खेबाली सुकेको अवस्थामा जिप्रका कालीकोटमा धर्ना दिएका थिए । जिल्ला कृषि विकास कार्यालय, कालीकोटको मातहतमा खडेरीको अनुगमनका लागि स्थलगत अध्ययन टोली पठाइएको थियो ।

सो टोलीले गरेको अध्ययनअनुसार जिल्लामा बखे बालीमा ५४ प्रतिशत बढी उत्पादनमा कमी आएको प्रतिवेदन प्रस्तुत गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?