+
+

हिमपातपछि ताप्लेजुङमा चिसो बढ्यो

१७ पुस, ताप्लेजुङ । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा बिहीबार रातिदेखि हिमपात सुरु भएको छ । बिहीबार दिउँसो परेको वर्षासँगै बढेको चिसोका कारण जिल्लाको हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १७ गते ९:३३

Taplejung
रविन भट्टराई
१७ पुस, ताप्लेजुङ । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा बिहीबार रातिदेखि हिमपात सुरु भएको छ । बिहीबार दिउँसो परेको वर्षासँगै बढेको चिसोका कारण जिल्लाको हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो ।

हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ भने प्रशिद्ध तिर्थस्थल पाथिभरामा पनि हिमपात भएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाईमा रहेको पाथिभरामा एक फिट सम्म हिमपात भएको छ भने हिउँ माथिल्लो फेदि सम्म हिउँ झर्दा पाथिल्लो फेदिका होटलव्यवसायि समेत प्रभावित बनेको स्थानिय ईन्द्र नारायण भट्टराईले बताए ।

Taplejung2

माथिल्लो क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भए सँगै सदरमुकाममा पनि चिसो हृवातै बढेको छ । चिसोको बढि असर वृद्धवृद्धा, बालबालिकामा बढी परेको छ ।

यस्तै जिल्लाका अन्य गाविस फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाफ्रे लगायतका उच्च भेगका गाविसमा समेत चिसो बढेको स्थानियले बताए । डाँडातिर हिउँ बर्सिरहँदा तल्लो भेगमा चिसो अधिक बढेको छ । बिहीबार ताप्लेजुङमा १.२ मिलिमिटर वर्षा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?