+
+

एमाओवादी छाडेका हेमन्तले बेग्लै मञ्च चलाउने !

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १७ गते ११:१५

१७ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश ओलीले पार्टी परित्याग गरेका छन् ।
राजीनामा दिएको नौ महिनापछि उनले एमाओवादीबाट अलग भएको औपचारिक घोषणा गर्न लागेका हुन् । ‘एमाओवादी परित्याग गरेर आजबाट म स्वतन्त्र हुँदैछु,’ ओलीले अनलाइनखबरसँग भने ।

Hemanta-Prakash-Oliउनले झण्डै ९ महिनाअघि राजीनामा दिए पनि स्वीकृत भएको छैन । प्रचण्डले आफूलाई भेट्न नखोजेको भन्दै ओलीले आफूले पार्टी परित्याग गर्न लागेको सचिवालयमा जानकारी गराएको बताए ।

उनले अब कुनै पार्टीमा नलाग्ने र ‘विश्व दृष्टिकोण रुपान्तरण तथा एकता मञ्च’ चलाउने बताएका छन् । उनी अहिले यसैको संयोजक छन् ।

यो मञ्चले कम्युनिष्टहरुको एकताका लागि पहल गर्ने, राष्ट्रियता, जनजीविकाको सवाललाई लिएर आन्दोलन गर्न प्रेरित गर्ने र कम्युनिष्ट आन्दोलनको नयाँ कार्यदिशा बनाउन पहल गर्ने ओलीले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?