१७ पुस, काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा पठाइने डिजेलको परिमाण झण्डै दुई गुणाले बढाएको छ ।
आजदेखि देशभर १६ लाख ५० हजार लिटर डिजेल बजारमा पठाउन थालिएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
बजार पठाउने डिजेलको परिमाण बढाउन क्षेत्रीय डिपोहरुलाई पनि भनिएको छ । आज नाकाबन्दीपछिकै सबैभन्दा बढी तेल बजारमा पठाइएको हो ।
बजारमा डिजेलको आपूर्ति बढाएपछि सार्वजनिक र अत्यावश्यक सेवाका सवारीले केही सहज रुपमा तेल पाउनेछन् ।
यसअघि देशभर दैनिक आठदेखि ९ लाख लिटरसम्म मात्र डिजेल बजार पठाइन्थ्यो । पछिल्लो समयमा तलको आयात बढेर मौज्दात वृद्धि हुँदै गएपछि देशभरनै बजारमा डिजेल बढी पठाइएको हो ।
काठमाडौंमा पनि आजदेखि तीन लाख ५० हजार लिटर डिजेल वितरण गर्न सुरु गरिएको छ । यसअघि दैनिक २ लाख लिटर मात्रै डिजेल वितरण गर्ने गरिएको थियो ।
यसअघि दैनिक ३५ देखि ४० वटा पम्पबाट डिजेल बाँड्ने गरिएकोमा आज ५६ वटा पम्पबाटतेल दिइएको छ ।
मौज्दात केही बढाएर पहिलो चरणमा निजी कारलाई अर्को हप्ताभित्रै तेल दिने निगमको योजना छ ।
त्यसपछि नियमित रुपमा निश्चित पम्पहरुबाट निजी सवारीलाई पनि पेट्रोल बााड्न सुरु गरिने प्रवक्ता घिमिरेले बताए ।
प्रतिक्रिया 4