+
+

तातोपानी-खासा र रसुवागढी-केरुङ सडकलाई ग्रीन इकोनोमिक करिडोर बनाउन चीन सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १०:४०

Agni-Sapkota-at-chaina
३० पुस, काठमाडौं । नेपालले तातोपानी-खासा र रसुवागढी-केरुङ सडकखण्ड स्तरोन्नती गर्ने क्रममा ग्रीन इकोनोमिक कोरिडोरका रुपमा विकास गर्ने प्रस्ताव गरेको छ ।

चीन भ्रमणमा रहेका वनमन्त्री अग्नि सापकोटाले चिनियाँ समकक्षी झाङ जिनलोङसँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री सापकोटाले तातोपानी-खासा र रसुवागढी-केरुङ सडकखण्ड स्तरउन्नती गर्ने क्रममा पर्ने वातावरणीय प्रभावलाई मध्यनजर गदै ग्रिन इकोनोमिक कोरिडिरका रुपमा विकास गर्ने प्रस्ताव राखेका छन् । नेपालको प्रस्तावलाई चीनले सकारात्मक रुपमा लिएको छ ।

दुई पक्षिय रुपमा प्राविधिक टिम गठन गरी सम्भाव्यता अध्ययन कार्य अधि वढाउने समझदारी भएको मन्त्री सापकोटाको निजी सचिवालयले जनाएको छ ।

यस्तै चीनले काठमाडौं उपत्यकामा स्थापना गरिने चिडियाखानाका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । साथै वन्यजन्तुको अनुसन्धान कार्यलाई सहयोग पुन्याउन स्थापना गरिन विधि विज्ञान प्रयोगशालाका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ ।

नेपालमा सामुदायिक वन अन्तराष्ट्रिय केन्द्र स्थापना गर्न चीनले सहयोग गर्ने भएको वनमन्त्री सापकोटाको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?